Comments Add Comment

जागिर धरापमा परेका नेप्सेका सीईओ भन्छन्– पत्र आयो भने अदालत जान्छु


२२ असार, काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वकाे सरकारले गरेका सबै राजनीतिक नियुिक्त खारेज गर्ने निर्णय गरेपछि जागिर धरापमा परेका नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आफ्नो जागिर नजाने बताएका छन् ।

आफ्नो नियुक्ति राजनीतिक नभई लोकसेवा आयोगको जस्तै परीक्षा दिएर भएका कारण नियुक्ति खारेज नहुने सीइओ साउदकाे दाबी छ । लोकसेवा आयोग जस्तै अन्य प्रतिष्पर्धीलाई पछाडि पार्दै उत्तीर्ण भएपछि मात्रै मन्त्रिपरिषद्ले निर्णय गरेर नियुक्ति दिएकाले आफ्नो जागिर नजाने उनको दावी छ ।

बाहिर हल्ला चले पनि  अाैपचारिक पत्र प्राप्त नभएको भन्दै सीईओ साउद कार्यालय गइरहेका छन् । तपाईंको नियुक्ति खारेज भएको पत्र आयो भने अदालत जानुहुन्छ त ? भन्ने अनलाइनखबरको प्रश्नमा उनले भने, ‘त्यसो भयो भने अन्याय हुनेछ, अन्य थुप्रै अवसरहरु छाडेर यहाँ प्रतिष्पर्धा गरेर नियुक्ति पाएको हुँ, अदालत त जानै पर्यो नि ।’

उनले अन्य नियुक्तिहरु खारेज भए पनि निक्षेप तथा कर्जा सुरक्षण निगम र आफ्नो हकमा भने नियुक्ति बदर नहुने दावी गरे ।

गत बुधवार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १४ देखि फागुन ३ सम्म देउवा नेतृत्वकाे सरकारले गरेका सबै नियुक्ती खारेज गर्ने निर्णय गरेको थियो । नेप्सेको सीईओको रुपमा साउदले असोज २३ गते नियुक्ति पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment