Comments Add Comment

नेकपा नेताको मेडिकल कलेजलाई ६ करोड कर छुट

२२ असार वीरगञ्ज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल र वीरगञ्ज महानगरबीचको करको विवाद टुंगिएको छ । तर, एकैपटक ठूलो रकम छुट दिएर कर विवाद टुङ्ग्याएपछि वीरगञ्जमा महानगरपालिकाको चर्को आलोचना सुरु भएको छ ।

वि. सं. २०६० सालदेखि वीरगन्ज महानगरपालिका-१५ भेडियाहीमा सञ्चालित कलेजले विभिन्न बहानामा घरजग्गा कर, व्यवसाय कर तिर्न अटेर गर्दै आएको थियो । तत्कालिन वीरगञ्ज नगरपालिकाले २०६७, २०६८, २०७० सालमा र त्यसपछि पनि पत्र पठाएर कर तिर्न आग्रह गर्दा समेत नेशनल मेडिकल कलेजले अटेर गरेको थियो ।

आर्थिक वर्ष २०७३/७४ सम्म कलेजले पहिलेको घरजग्गा कर तथा ४ वर्षदेखि लागु गरिएको एकीकृत सम्पत्ति करबापत महानगरलाई १० करोड ३८ लाख ११ हजार तिर्नुपर्ने थियो ।

तर, वीरगञ्ज महानगरपालिकाले विवाद सल्टाउने नाममा एमाले (हाल नेपाल कम्युनिस्ट पार्टी) नेता समेत रहेका बसुरुद्दिन अन्सारीको कलेजलाई घरजग्गा तथा एकीकृत सम्पत्ति करमा एकैपटक ६ करोड छुट दिएको छ ।

महानगरको दोस्रो नगरसभाले ४ करोड ९४ लाख ७८ हजार २ सय ६९ रुपैयाँ ४२ पैसा बुझाउनुपर्ने निर्णय गरेको हो । कलेजले पनि असार १५ गते रकम बुझाएको छ ।

कलेजले असार १५ गते ३ करोड ५९ लाख १४ हजार ३ सय ५७ रुपैयाँ पाँच पैसा जम्मा गरेको थियो । यसअघि कलेजले करबापत २०७१ माघ ३ गते १ करोड २९ लाख ३२ हजार र २०७२ साउन ७ गते ६ लाख ३१ हजार रकम बुझाइसकेको थियो ।

कलेजले कर तिर्न अटेर गरेको भन्दै तत्कालीन कार्यकारी अधिकृत पिताम्बर अधिकारीले २३ असार, २०७४ मा संघीय मामिला मन्त्रालयको सुशासन शाखालाई जानकारी गराएका थिए ।

तत्कालीन उपमहानगरपालिका कार्यालयले २०७० जेठ २९ गते पनि कलेजलाई पत्र पठाएर ७ करोड ६१ लाख ८४ हजार तिर्नुपर्ने जनाएको थियो । त्यतिखेर कलेजलाई पत्र पठाउने नगरपालिकाका राजश्व शाखाका वरिष्ठ अधिकृत लालबाबु राउत अहिले प्रदेश नं २ का मुख्य मन्त्री हुन् ।

महानगरपालिकाको कार्यालयले भने पुनःमुल्याङ्कन गर्दा कलेजले तिर्नुपर्ने कर कम देखिएको बताएको छ । २०७४ साल माघ ७ गते नगरसभाबाट उपप्रमुखको नेतृत्वमा तीन सदस्यीय पूनर्मुल्याङ्कन समिति गठन गर्ने निर्णय गरेको थियो ।

जबकी त्यसबेला कलेजले माग नै गरेको थियो । समिति गठन भएको ११८ दिन कलेजले पूर्न मुल्यांकनका लागि महानगरपालिकमा निवेदन दर्ता गराएको बुझिएको छ ।

उपमेयर शान्ति कार्कीको नेतृत्वमा बनेको समितिले बुझाएको प्रतिवेदन पअसार १० गते बसेको दोस्रो नगरसभाले त्यो प्रतिवेदनलाई अनुमोदन गरेको र सोही आधारमा नेशनल मेडिकल कलेजसँग कर लिइएको वीरगञ्जका मेयर विजय सरावगीले बताए ।

‘विगतमा स्याटलाइटबाट तस्वीर खिचेर, अनुमानको आधारमा कर निर्धारण गरिएको रहेछ । सडकमा जोडिएको र पछाडिको जग्गाको करको दर पनि एकै बनाईएको रहेछ’ उनले भने, ‘अहिले नेशनल मेडिकल कलेजले सम्पत्तिको स्वःघोषणा गर्ने वातावरण हामीले मिलायौं । त्यसैको आधारमा कर निर्धारण गरेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment