+
+

दुई विश्वकप जितेको उरुग्वेको जर्सीमा किन चार तारा ?

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २२ गते १९:५८

२२ असार, काठमाडौं । उरुग्वेले रसिया विश्वकपमा उत्कृष्ट खेल देखाइरहेको छ ।

यसले निरन्तरता पाएर विश्वकप उपाधि नै उचाले उरुग्वेले जर्सीमा पाँचौं तारा थप्ने छ । किनभने यसअघि दुईपटक मात्रै विश्वकप जितेको उरुग्वेको जर्सीमा अहिले नै चार तारा छन् ।

विश्व फुटबलको प्रशासकीय निकाय फिफाको नियमअनुसार विश्वकप विजेता देशले जतिपटक विश्वकप जितेका छन् आˆनो जर्सीमा त्यतिवटै तारा राख्न पाउने छन् ।

पाँच पटक विश्वकप जितेको ब्राजिलको जर्सीमा पाँच तारा, चार पटक जितेको जर्मनीको जर्सीमा चार तारा, एकपटक जितेको फ्रान्सको जर्सीमा एक तारा नै देखिएको छ । उसो भए सन् १९३० र १९५० मा गरेर दुई पटक विश्वकप जितेको उरुग्वेको जर्सीमा किन चार तारा त ?

सन् १९३० मा पहिलोपटक उरुग्वेमा नै विश्वकप आयोजना हुनुभन्दा पहिले विश्व फुटबलको सबैभन्दा ठूलो र आधिकारिक प्रतियोगिताको रुपमा सञ्चालन भएको ओलम्पिक फुटबलमा उरुग्वेले दुई पटक स्वर्ण जितेको थियो ।

सन् १९२४ र १९२८ को ओलम्पिकमा स्वर्ण जितेकै कारण उरुग्वेले पहिलो पटक विश्वकप आयोजनाको जिम्मेवारी पनि पाएको थियो । त्यसअघि पनि ओलम्पिक फुटबल आयोजना भए पनि त्यसले सर्वाधिक ठूलो फुटबल प्रतियोगिताको आधारिक रुप पाएको थिएन । यसैले उरुग्वेले आफ्नो विश्व विजेताको प्रतीकस्वरुप चार वटा तारा जर्सीमा लगाइरहेको छ ।

सन् १९२४ अघिको ओलम्पिक फुटबलमा कुनै पनि व्यावसायिक खेलाडीलाई खेलमा भाग लिन पाउने अधिकार थिएन । १९२४ र १९२८ को ओलम्पिकमा सबै खेलाडीले भाग लिएर ओलम्पिक आयोजना भयो । त्यसपछि नियम परिवर्तन गरेर २३ वर्षमुनिको खेलाडी मात्रै खेल्न पाउने बनाइएको थियो ।

यसैले उरुग्वेले आफूलाई आधिकारिक रुपमा चार पटकको विश्व विजेताको रुपमा प्रस्तुत गरिरहेको छ । यसलाई सन् १९५० मा फिफाले नै मान्यता दिएर उरुग्वेको जर्सीमा चार तारा राख्न दिएको थियो ।

पछि सन् २०१० मा विश्वकप नै जितेको टिमले मात्रै जर्सीको लोगोमाथि विश्वकपको जीतअनुसार तारा राख्न पाउने फिफाले नियम बनायो ।
यसमा उरुग्वे फुटबल फेडेरेसनले चलाखी गर्दै आˆनो लोगोमै चार वटा तारा बनाइदियो । यसअघिका विश्वकपमा उरुग्वेको जर्सीमा रहेको लोगोभित्रै चार तारा देखिएको भए पनि यसपटक रसिया विश्वकपमा भने लोगोमाथि नै उरुग्वेले चार तारा बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?