Comments Add Comment

‘कथा काठमाण्डौ’को फस्टलुकमा प्रियंका-प्रमोद, आयुष्मान-प्रेक्षाको जोडी


कान्तिपुर टेलिभिजनमा टेलिफिल्म ‘कथा प्रेमका’ निर्देशन गरेकी भीजे संगीता श्रेष्ठले निर्देशन गरेको पहिलो चलचित्र ‘कथा काठमाण्डौ’को फस्टलुक सार्वजनिकसँगै प्रदर्शन मिति पनि तय गरिएको छ ।

काठमाण्डौलाई आफ्नो कर्मथलो बनाएर बसेका विभिन्न पात्रहरुको कथालाई यो चलचित्रले उठान गरेको छ । यो चलचित्र असोज १२ गतेबाट देशभरका हलमा लाग्नेछ । चलचित्रमा नायिका प्रियंका कार्की, नायक आयुष्मान देशराज जोशीको साथमा संजोग कोइराला, सन्ध्या केसी, प्रमोद अग्रहरि, प्रेक्षा अधिकारीको मुख्य भूमिका छ ।

विजय राइको लगानीमा निर्माण भएको चलचित्रलाई आहाना फिल्मस्को ब्यानरमा निर्माण गरिएको हो । लुजा सिंहले खिचेको चलचित्रमा मित्र गुरुङको सम्पादन छ । गायिका इन्दिरा जोशीलाई चलचित्रमा विशेष भूमिकामा देख्न सकिनेछ ।

चलचित्रको पोष्टर अनुसार यसमा, नायिका प्रियंका कार्की र प्रमोद अग्रहरिको जोडी देख्न सकिन्छ । यस्तै, संजोज कोइराला र सन्ध्या केसी, आयुष्मान र प्रेक्षाको जोडी देख्न सकिनेछ । चलचित्रको पोष्टरमा ‘लस्ट, लभ र लाइफ’लाई मुख्य थीम बनाइएको छ । चलचित्रकी निर्देशक संगीता श्रेष्ठले आफूले केही फरक कथामा चलचित्र निर्देशन गर्न चाहेकाले ‘कथा काठमाण्डौ’ बनाएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment