+
+

ब्लू ड्रेसमा बर्षा

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २४ गते १५:१९


नायिकाहरुलाई ठ्याक्कै कुन पहिरनमा राम्री देखिन्छु भनेर अड्कल गर्न गाह्रो हुन्छ । नायिकाहरु हरेक कार्यक्रममा फरक पहिरनमा सजिएर आफूलाई आकर्षक देखाउन तल्लिन हुन्छन् । पहिरनको मामालामा नायिकाहरु चुजी हुन आवश्यक पनि छ ।

नायिका बर्षा राउतले पनि विभिन्न कार्यक्रममा थुप्रै पहिरन लगाइसकेकी छिन् । उनै, बर्षाले केही दिन अगाडि काठमाण्डौमा आयोजना भएको एउटा कार्यक्रममा निलो कुर्ता लगाइन् ।

बर्षालाई यसरी कुर्ता लगाएर कार्यक्रममा पुगेको कमै मात्र देखिएको थियो । दैनिक जीम जाने गरेकी बर्षा यो पहिरनमा खुलेकी थिइन् । आफू दुब्लाएर पनि राम्री देखिएको हो कि भन्ने उनलाई लागेको थियो ।

निलो कुर्तामा सजिएकी राउत सबैले राम्री भनिदिदा मख्ख थिइन् । नायिका राउत पहिरनको मामालामा त्यस्तो चुजी छैनन् ।

तस्बिरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?