Comments Add Comment

जस्टिन बीबरले विवाह गर्ने, को हुन् हुनेवाली पत्नी ?

सानै उमेरमा विश्व पप संगीतलाई तरंगीत बनाएका गायक हुन्, जस्टिन बीबर, जो गीत र स्टेज पर्फमेन्सको कारणले मात्र चर्चित भएनन् । खासगरी किशोरवयको पूवार्द्धमै उनको लभ अफेयर पनि विश्वकै मिडियाको लागि मसला बनिरह्यो । फुच्चे अवस्थाका उनी आफ्नै दावली गायिका तथा मोडल सेलेना गोमेजसँग लामो समय अफेयरमा रहे ।

उनीहरुको यो जोडीलाई विश्वकै लोभलाग्दो जोडीको रुपमा लिइयो । यसवीचमा उनीहरुले समुन्द्री तटमा डेटिङ जानेदेखि अनेक हर्कत गर्नसम्म भ्याए, जो मिडियाबाट लुक्न सकेन । अनुमान के गरिन्थ्यो भने, जस्टिन र सेलेनाले कुनै दिन औपचारिक रुपमै जोडी बाँध्नेछन् ।

जस्टिनको एक झलक पाउन लालयित करोडौं आँखा

त्यसो त जस्टिन बीबर यस्ता सेलिब्रेटी हुन्, जसका करोडौं डाइहार्ट फ्यान छन् । जस्टिनको एक झलक पाउनका लागि मरिहत्ते गर्नेहरुको संख्या पनि विश्वभर नै छ । यस्तोमा उनलाई आफ्नो मनको राजकुमार बनाउनेहरुको संख्या कति होला ? त्यो तपाईं आफै पनि अनुमान गर्न सक्नुहुनेछ ।

जस्टिन बीबर जसै सार्वजनिक स्थानमा निस्कन्छन्, ठूलो जत्थाले निमेषभरमै घेरा हाल्छ । उनलाई स्पर्श गर्न लालयित आँखाहरु विश्वमा करोडौं छन् । अन्य सेलिब्रेटी अक्सर फ्यानहरुकै घेरामा रमाउन रुचाउँछन् । तर, जस्टिनका लागि यो दिक्कलाग्दो लाग्छ । एक पटक जस्टिनले इन्स्टाग्राममा लेखेका थिए कि, प्रशंसकले मसँग फोटो नखिचुन् । किनभने फोटोको लागि झुम्मिदा मलाई आफु चिडियाघरमा राखिएको जनवार जस्तै महसुष हुन्छ ।’

यति विध्न विश्वव्यापी क्रेज भएका जस्टिनको जीवनकथामा थोरै ट्वीस्ट आएको छ ।

कथामा नयाँ ट्वीस्ट

हालै मात्र उनले आफ्ना लागि नयाँ जीवनसंगी छनौट गरिसकेका छन् । कुरा अझ एक कदम अगाडि बढिसकेको छ । अर्थात उनीहरुबीच इंगेजमेन्ट समेत भइसकेको छ ।

अब पक्कै कौतुहलता लाग्छ, के उनले सेलेनासँग इंगेजमेन्ट गरे ? होइन । उनको दिलकी राजकुमारी रहिछन्, हेली बाल्डविन । उनी अमेरिकी मोडल हुन् । विश्वका प्रतिष्ठित संचार संस्थाहरुले यो कुरालाई पुष्टि गर्दै समाचार लेखेको छ ।

जस्टिनको परिवारजनले पनि यसको खुलासा गरेका छन् । जस्टिनका पिता जेरेमीले आफ्ना छोरोको तस्विर इन्स्टाग्राममा पोस्ट गर्दै लेखेका छन्, ‘आनेवाला समयका लागि उत्साहित छन् ।’ त्यस्तै उनकी आमा पेटिटले ट्वीट गर्दै ‘लभ लभ लभ’ लेखेकी छिन् ।

जस्टिन बीबर आफ्ना पूर्व गर्लफ्रेन्ड सेलेना गोमेजसँग ब्रेकअप भएपछि बाल्डविनसँग नजिकिएका थिए । हेली बाल्डविन विभिन्न म्यागजिनको कभरमा छाइसकेकी छिन् । यसका साथै उनी केही टेलिभिजन शो, म्युजिक भिडियो र विज्ञापनमा देखिएकी छिन् ।

अर्को रमाइलो कुरा, उनी अभिनेता तथा निर्माता स्टीफन बाल्डवीनकी छोरी हुन् । अभिनेता एलेक बाल्डविनकी भतिजी ह्न् ।

९ बर्षमा १८ गर्लफ्रेन्ड

जस्टिनको करियरको ग्राफ उकालो लागेको पुग नपुग ९ बर्ष भयो । यसबीचमा उनले १८ जना गर्लफ्रेन्डसँग चक्कर मारे ।

सेलेना गोमेजसँगको उनको अफेयर सर्बाधिक चर्चामा रह्यो । जस्टिन र सेलेनाबीचको अफेयर, डेटिङ र ब्रेकअपको प्रसंगले संचार माध्याम तताइरह्यो । दुबै विश्वले चिनेका सेलिब्रेटी । किशोरवयका । रुपरंग मिल्ने । धेरैले उनीहरुको जोडी कायम रहोस् भन्ने चाहे । तर, २०१३ मा जस्टिन र सेलेनाको सम्बन्धमा पूर्ण बिराम लाग्यो ।

त्यसपछि जस्टिन सोफिया रिचीसँग मस्ती गर्न थाले, जो चर्चित पप सिंगर पनि हुन् । सोफियापछि हेली बाल्डविन, एरियाना ग्रान्डे, केन्डल जेनर, जेड पियर्स, निकोल पेल्ट्ज, योवाना वेंचु्रा, शनीना शैक, मिरन्डा केर, बारबरा पालविनदेखि माइली साइरससम्म उनको अफेयर चल्यो ।

रोचक कुरा

-जस्टिन क्यानेडियन गायक हुन् । उनको गीत सुनेर आमाले युट्युबमा अपलोड गरिदिएकी थिइन् ।

-स्कूटर ब्राउनले २००८ मा जस्टिनको युट्युब भिडियो हेरेर गीत रेकर्ड गराइदिए । त्यहीबाट जस्टिन स्टार भएका हुन् ।

-२००९ मा वान टाइम गीतसँगै जस्टिन संगीतमा होमिएका हुन् ।

-कति किशोर जस्टिन बीबरको जस्तो हेयर स्टाइल बनाउनका लागि हजारौं रुपैयाँ खर्च गरिरहेका हुन्छन् ।

-जस्टिनको फेसबुक पेजमा हरेक हप्ता दुई लाख बढी जोडिइरहेका हुन्छन् ।

-उनी एकदमै व्यस्त भएकाले रातमा ६ घण्टा मात्र सुत्न पाउँछन् ।

-एक पटक जस्टिनलाई स्कुलमा एफ ग्रेड मात्र प्राप्त भएको थियो । तर, उनले चलाखीपूर्वक त्यसलाई बि बनाए र आमाबुवाको गाली खानबाट जोगिए ।

-जस्टिन चाहन्छन् कि, उनी तीन पिताको बुवा बन्नेछन् ।

-उनको मनपर्ने जनवार जिराफ हो ।

-उनको मनपर्ने रंग बैजनी हो ।

-जस्टिनको मनपर्ने अन्डरवेयर डि एन्ड जी ब्रान्ड हो ।

-जस्टिन होचो भएका कारण उनलाई बिद्यालयमा उडाउने गरिन्थ्यो । तर, अहिले उनको कद ५ दशमलव ७ फिट उचाईको छ ।

-जस्टिनको बेबी गीत कुनैबेला युट्युबका सर्बाधिक हेरिनमेध्येको थियो । तर, पछि त्यसलाई गगनम स्टाइलले उछिन्यो । अहिले बेबी युट्युबमा सबैभन्दा बढी डिसलाइक पाउने भिडियोमा पर्छ ।

-जस्टिनलाई जोकर मन पर्दैन ।

-जस्टिन गूगल क्रोम ब्राउजर प्रयोग गर्छन् ।

-जस्टिनले एक पटक सपनामा बिरालोको मासु खाएको देखेका थिए, त्यही बेलादेखि उनी बिरालो मन पराउँदैनन् ।

-जस्टिन कुनैपनि जानकारीका लागि गुगल सर्च गर्दैनन् । किनभने उनको आफ्नै सर्च इन्जिन छ बीबरसर्चडटकम ।

-जस्टिनको ट्वीटर खाताको मूल्य एक अर्ब बराबर छ ।

-उनी इसाइ हुन् र चर्च जान्छन् ।

-जस्टिन देब्रे हाते हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment