Comments Add Comment

गुफाबाट उद्धार गरिएका थाइ बालकहरुलाई म्यानचेष्टर र बार्सिलोनाको निम्तो

२७ असार, काठमाडौं । थाइल्याण्डको एक गुफामा फसेको १७ दिनपछि सकुशल बाहिर निकालिएका १२ युवा फुटबल खेलाडीहरुलाई धेरैले सहयोग गर्ने प्रस्ताव गरेका छन् ।

उनीहरुलाई फिफाका अध्यक्षले विश्वकप फुटबलको फाइनल खेल हेर्न निमन्त्रणा दिएका छन् तर, उनीहरु विश्वकप हेर्न रुस जाने सम्भावना भने कम छ ।

विभिन्न देशका तालिमप्राप्त उद्धारकर्ताहरुले धेरै दिनको मेहनतपछि वाइल्ड बोअर्स फुटबल टिमका खेलाडी र प्रशिक्षकको उद्धार सफलतापूर्वक सम्पन्न गरेका छन् ।

गुफाबाट बाहिर निकालिएपछि उनीहरुलाई सहयोग र साथको ओइरो लागेको छ । म्यानचेस्टर युनाइटेडले उनीहरुलाई आफ्नो रंगशालामा खेल हेर्न निमन्त्रणा गरेको छ ।

त्यस्तै इंग्ल्याण्डका राष्ट्रिय टिमका खेलाडीहरु कायल वाकर र ज्याक बटल्याण्डले उनीहरुलाई विभिन्न खेल सामग्रीहरु पठाइदिने प्रस्ताव गरेका छन् ।

गुफामा फसेका बालकहरु मध्ये एकले इंग्ल्याण्डको जर्सी लगाएका थिए, त्यसैले वाकरले उनीहरुलाई खेल सामग्री र जर्सीहरु पठाइदिने वाचा गरेका हुन् ।

बार्सिलोनाले पनि उनीहरुलाई आफ्नो अन्तराष्ट्रिय एकेडेमी प्रतियोगिता खेल्न र नोउ क्याम्पमा फस्र्ट टिमको खेल हेर्न निमन्त्रणा गरेको छ ।

फिफाले उनीहरुलाई आइतबार हुने विश्वकपको फाइनल खेल हेर्न निमन्त्रणा दिएको थियो तर, धेरै दिन गुफाभित्र फसेकाले उनीहरुको स्वास्थमा समस्या देखिएको छ र उनीहरु लामो यात्राको लागि अझै ठीक भइसकेका छैनन् ।

१२ बालक आफ्नो प्रशिक्षकसँग फुटबल प्रशिक्षणपछि गुफाभित्र गएका थिए तर, भारी वर्षातको कारण गुफामा बाढी पसेपछि बाहिर निस्कने बाटो नै बन्द भएको थियो ।

उद्धारकर्ताहरुले पहिलो दिन आइतबार चारजनालाई बाहिर निकालेका थिए भने मंगलबारसम्ममा सबैलाई बाहिर ल्याएका थिए । ‘वाइल्ड बोअर्स फुटबल क्लबको टिम र उनीहरुको उद्धारकर्ताहरुलाई आँउदो सिजन ओल्ड ट्राफोर्डमा स्वागत गर्न चाहन्छौं’ म्यानचेस्टर युनाइटेडले एक विज्ञप्तीमा भनेको छ ।

म्यानचेस्टर सिटीका डिफेन्डर वाकरले भनेका छन्, ‘आश्चर्यजनक रुपमा गुफामा फसेका बच्चाहरुलाई सुरक्षित रुपमा बाहिर निकालिएको छ । मलाई उनीहरुलाई टिसर्ट पठाउन मन लागेको छ ।’

यसैगरी इंग्ल्याण्डका गोलकिप्पर बटल्याण्डले भनेका छन्, ‘सबैजना सुरक्षित रुपमा बाहिर आएकोमा खुसी लागेको छ । म तिमीहरुलाई केहि बल पठाउनेछु ।’

बीबीसीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment