Comments Add Comment

बै‌ंकहरुले एक महिनाको सुन एकैपटक किन्न पाउने

२७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकले एक महिनासम्मको लागि एकमुष्ठ सुन किन्न पाउने भएका छन् । नेपाल राष्ट्र बै‌ंकले ल्याएको आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीतिमा बै‌ंकले एकमुष्ट सुन किन्न पाउने व्यवस्था गरिएको हो ।

वाणिज्य बैंकहरुले सुन आयात गर्दा दैनिक आयात गर्न तोकिएको सीमाभित्र रही एक महिनासम्मको आयात गर्न पाइने परिमाण उक्त महिनाको जुनसुकै समयमा वा एकमुष्ठ आयात गरी बिक्री वितरण गर्न सक्ने व्यवस्था मिलाइने मौद्रिक नीतिमा जनाइएको छ ।

सुनचाँदी व्यवसायीहरुले  राष्ट्र बैंकबाट इजाजतपत्र लिई विदेशी, गैर-आवासीय नेपाली, कुटनीतिक नियोगका पदाधिकारीहरुलाई स्वदेशमै  विदेशी मुद्रामा सुनका गरगहना बिक्री गरेमा त्यसका लागि थप सुन उपलब्ध गराउने पनि मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment