+
+
Shares

डा. केसीको समर्थनमा आन्दोलन : माइतीघर मण्डलामै विरामीको चेकअप

चन्द्र आले चन्द्र आले
२०७५ असार २९ गते १६:२४


२९ असार, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा आवासीय चिकित्सकहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । साथै उनीहरुले सांकेतिक विरोध जनाउने क्रममा खुला चौरमा नै विरामी जाँचेका छन् ।

डा. केसी १४ दिनदेखि जुम्लामा अनसनरत छन् । उनको स्वास्थ्य कमजोर बन्दै गएपछि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

एप्रोनमै बीपी सेट बोकेर प्रदर्शनमा उत्रिएका उनीहरुले विरामीको जाँच पनि गरेका छन् । सडकमा हिँडिरहेकाहरुले ब्लड प्रेसर चेक गर्नुका साथै सामान्य विरामी हेरेका थिए ।

हेर्नुस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?