Comments Add Comment

साम्राज्ञीसँगै सुखमा रमाउन चाहन्छन् आर्यन

नायक आर्यन सिग्देल र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडीलाई दर्शकले पर्दामा कत्तीको रुचाउलान् भन्ने प्रतिक्षा धेरैले गरेका छन् । यसैले पनि यो जोडी अहिले दर्शक लक्षित प्रचारमा केन्द्रित छ ।

साउनको १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कायरा’को प्रचारमा यो जोडी दौडिएको छ । यसैविच, चलचित्रको पहिलो गीत सार्वजनिक भएको छ ।

चलचित्रको गीतको भिडियोलाई फिलिपिन्सको रमणिय लोकेशनमा खिचिएको छ । ‘सुखमा तिमीसँगै हाँसु’ बोलको गीतमा साम्राज्ञी र आर्यनको जोडीलाई आकर्षक देखाइएको छ । प्रेमको यात्रामा आर्यन विन्दास देखिएका छन् भने साम्राज्ञी बोल्ड । कोशिस क्षेत्रीको शब्द तथा संगीत रहेको यो गीतमा केतन क्षेत्रीको स्वर छ ।

लक्ष्मण रिजालको निर्देशनमा तयार भएको चलचित्रलाई आर्यन र लक्ष्मण मिलेर बनाएका हुन् । शिवराम श्रेष्ठको छायांकन रहेको चलचित्रमा आर्यन सिग्देलको कथा, केदार भुषालको पटकथा तथा संवाद, प्रविन सिंहको कोरियोग्राफी, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment