Comments Add Comment

मृगौलारोगी श्रेष्ठको उपचारका लागि ९ लाख हस्तान्तरण

२९ असार, काठमाडौं । आर्थिक अभावका कारण उपचार गर्न नसकेका ओखलढुंगा चम्पादेवी गाउँपालिका १ का मृगौला रोगी लेखबहादुर श्रेष्ठको उपचारका लागि संकलित सहयोग रकम ९ लाख ५ सय रुपैयाँ उनलाई हस्तान्तरण गरिएको छ ।

पलापू पूर्वविद्यार्थी एकता समूह ओखलढुंगाले सञ्चालन गरेको सहयोग संकलन अभियानबाट संकलित रकम र ओखलढुंगाका प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारको व्यक्तिगत सहयोग शुक्रबार हस्तान्तरण गरिएको हो । श्रेष्ठ उपचाररत अत्तरखेलस्थित नेपाल मेडिकल कलेज पुगेर सांसद सुनुवारले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

आर्थिक अवस्था कमजोर रहेका र घरको कमाउने मान्छे आफै थलिएपछि मृगौला प्रत्यारोपण गर्ने रकमको अभावमा श्रेष्ठले डाइलासिस गर्दै आएका छन् । दुवै मृगौला फेल भएर गम्भीर रहेको थाहा पाएपछि पलापू पूर्व बिद्यार्थी एकता समूहले लेखबहादुर श्रेष्ठ बचाउ अभियान सुरु गरेका थिए। उक्त अभियानसंगै देश विदेशमा बस्ने नेपालीहरुले रकम संकलन गरेका थिए ।

श्रेष्ठको उपचारका लागि आर्थिक संकलनका लागि फेसबुक तथा सार्वजनिक रुपमा सहयोग संकलन अभियान संगै मलेसिया, दुबई, कतार, साउदीबाट सहयोगी दाताहरुबाट रकम संकलन भएको थियो । बिरामी श्रेष्ठलाई भेटेर सांसद सुनुवारले चिकित्सक संग उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment