+
+
Shares

राजपा सांसद पाण्डेले सपथ लिइन्, प्रदेशसभाले पूर्णता पायो

रासस रासस
२०७५ असार ३२ गते ११:५८

३२ असार, बुटवल । प्रदेश नं ५ को प्रदेशसभाले पूर्णता पाएको छ । प्रदेशसभामा राष्ट्रिय जनता पार्टी समानुपातिकतर्फकी प्रदेशसभा सदस्य कल्पना पाण्डेको झण्डै छ महिनापछि प्रदेशसभामा प्रवेशसँगै प्रदेशसभाले पूर्णता पाएको हो ।

उनले आइतबार प्रदेशसभा सदस्यको शपथ लिएकी हुन् । प्रदेशका मन्त्रीहरू, उपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, सचेतकहरुको उपस्थितिमा प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले आइतबार प्रदेशसभा सचिवालयमा पाण्डेलाई शपथ गराएका हुन् ।

प्रदेश नं ५ मा ८७ जना सदस्यको व्यवस्था भए पनि राष्ट्रिय जनता पार्टीका एक सदस्यको पद खाली थियो । राजपाले यसअघि विन पन्तको नाम सिफारिस गरेको भएपनि विवाद भएपछि पन्तलाई राजीनामा दिन लगाएर पाण्डेको नाम निर्वाचन आयोगमा सिफारिस गरेको थियो ।

निर्वाचन आयोगले पाण्डेलाई केही दिनअघि मात्रै निर्वाचित भएको प्रमाणपत्र दिएको थियो । अर्घाखाँची छत्रदेव गाउँपालिकाकी पाण्डे राजपाको समानुपातिकतर्फ समावेशी कोटामा दोस्रो नम्बरमा थिइन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?