+
+
Shares

पौडेल समूहको भेलामा कृष्ण सिटौला अनुपस्थित

अनलाइनखबर अनलाइनखबर
२०७५ असार ३२ गते १६:०१

३२ असार, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेलामा कृष्ण सिटौला अनुपस्थित भएका छन् । पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गर्नुपर्ने साझा धारणा बनाउन पौडेलले भेला बोलाएका थिए ।

बसुन्धारास्थित एक पार्टी प्यालेसमा भएको भेलामा सिटौला अनुपस्थित रहे । सिटौलाले डाक्टरसँग समय मिलाएकाले आफू आउन नसक्ने सन्देश पठाएका थिए ।

तर, भेला पूर्वनिर्धारित भएकाले सिटौला, पौडेलको भूमिकाप्रति असन्तुष्टि जनाउन नआएको हुन सक्ने एक नेताले आशंका गरे । पछिल्लो समय पौडेल पार्टी सभापति देउवाप्रति नरम देखिएकोमा सिटौला समूहका नेताहरु शशंकीत छन् ।

भेलामा सांसद गगन थापा पनि थिएनन् । उनी शिक्षण अस्पतालको एक कार्यक्रममा थिए । सिटौला निकट मानिएका केन्द्रीय सदस्य प्रदीप पौडेल भने भेलामा थिए ।

नेविसंघको अधिवेशन गर्न माग

भेलामा वरिष्ठ नेता पौडेलले आफू सभापतिसँग नमिलेको स्पष्टीकरण दिएका छन् । एक नेताका अनुसार पौडेलले प्रदेश कमिटीहरु गठन लगायतमा सभापतिसँग भागवण्डामा सहमति गरेको भनेर गरिएको प्रचार झुटो भएको बताए ।

बैठकमा विधान मस्यौदा समितिमा पठाउने सदस्यबारे छलफल भए पनि कुनै सहमति भएन ।

भेलाले नेविसंघको अधिवेशन तत्काल गर्नुपर्ने माग गरेको नेता प्रदीप पौडेलले जानकारी दिए । नेविसंघमा संस्थापन र इतरको समूहबीच चर्को विवाद छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?