Comments Add Comment

टाटाको एस स्पेसियल एप्लिकेसन नेपालमा

३ साउन, काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ् प्रालिले ‘गो गि्रन टु किप इट क्लिन’ भन्ने नारा सहित, टाटा एस स्पेसियल एप्लिकेसन सार्वजनिक गरेको छ । लाजिम्पाट स्थित र्‍याडिसन होटलमा टाटा एस का एस हुपर टिप्पर, एस स्किप लोडर, एस स्काईलिˆट, एस कन्टेनर र एस रेफ्रिजिरेसन भ्यान गरि ५ ओटा विशेष एप्लिकेसन को भिडियो मार्फत उपयोगिता प्रदर्शन गरिएको थियो ।

एस हुपर टिप्परले नगरपालिकाको फोहोर संकलन तथा ब्यवस्थापनलाई सहज बनाउँछ । त्यसैगरी एस स्किप लोडर ले कुनै पनि कोलोनी, हस्पिटल, औद्योगिक क्षेत्र अथवा घर को फोहोर संकलन तथा ब्यवस्थापन गर्न अत्यन्त सहज बनाउने कम्पनीले जानकारी दिएको छ ।

‘एस स्काईलिफ्टले उचाइमा गर्नु पर्ने काम हरुलाई डबल बुम मार्फत सजिलो बनाउँछ । यसैगरी कुरियर तथा अन्य सामाग्रीलाई आधिकारिक ठाउमा पुर्‍याउन एस कन्टेनरले मद्दत गर्छ भने एस रेफ्रिजिरेटर भ्यानले फ्रिजमा राख्नु पर्ने सामानहरुको ओसार पसार सहज बनाउँछ ,’ कम्पनीले भनेको छ ।

समारोहमा सिप्रदी ट्रेडिङ्ग प्रालिका सिइओ राजनबाबु श्रेष्ठ लगायत टाटाका लागि सार्क राष्ट्रका क्षेत्रिय प्रबन्धक आशिफ समिम, नेपाल र भुटानका बिजिनेस अपरेसन प्रमुख, बोध प्रकाश मुखिया, नेपालका क्षेत्रिय प्रबन्धक तुसार गुप्ता लगायत अन्य थुप्रै टाटा संग सम्बन्धित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment