Comments Add Comment

प्रधानमन्त्रीलाई कालोझण्डा देखाउने २५ विद्यार्थी पक्राउ

३ साउन, पोखरा । पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने २५ विद्यार्थी पक्राउ परेका छन् ।

पोखरा विमानस्थल निरीक्षण र पोखरा विश्वविद्यालयको १५ औं साधारणसभामा भाग लिन आएका प्रधानमन्त्री ओलीलाई विभिन्न ठाउँमा कालोझण्डा देखाउने नेपाल विद्यार्थी संघ र नयाँ शक्ति पार्टीका विद्यार्थीहरु पक्राउ परेका हुन् ।

प्रधानमन्त्री ओलीले बिहीबार नै पोखरामै गण्डकी प्रदेशसभालाई संबोधन गर्ने कार्यक्रम छ । नयाँ शक्तिका विद्यार्थीहरुले प्रदेशसभा बाहिर कालोझण्डा देखाउने तयारी गरेका थिए । त्यस्तै नेविसंघका विद्यार्थीले पोखरामा विभिन्न ठाउँमा प्रधानमन्त्रीलाई कालोझण्डा देखाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment