Comments Add Comment

नेप्से परिसूचक ५ अंकले घट्दा ५६ करोडको कारोबार

३ साउन, काठमाडौं । साताको अन्तिमदिन बिहीबार सेयर बजार ५ दशमलव २८ अंकले घटेको छ । १ हजार १ सय ९८ दशमलव ७७ को विन्दुबाट शुरु भएको सेयर कारोबार ५ दशमलव २८ अंकले घटेर नेप्से परिसूचक १ हजार १ सय ९३ दशमलव ३९ अंकमा आइपुगेको छ ।

बुधबार पनि नेप्से परिसूचकमा ५ दशमलव ५४ अंकले गिरावट आएको थियो ।

नेप्से परिसूचकमा कमी आए पनि कारोबार रकम भने उच्च देखिएको छ । बिहीबार दिनभरमा ३ हजार ७ सय ७२ वटा कारोबारबाट १९ लाख १८ हजार ६ सय ४८ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार ५६ करोड १२ लाख ८१ हजार ८ सय ४१ रुपैयाँको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment