+
+

श्रीमतिको हत्या अभियोगमा एक जना समातिए

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ४ गते १२:५५

४ साउन, इलाम ।  श्रीमतीको हत्या अभियोगमा जिल्ला प्रहरी कार्यालय, इलामले एक जनालार्इ पक्राउ परेका छन् । पक्राउ पर्नेमा सूर्योदय नगरपालिका–२ बौद्दधामका ४८ वर्षीय केशरबहादुर मोक्तान छन् ।

प्रहरीका अनुसार मोक्तानले बाँसको लाठीले कुटपिट गर्दा उनकी श्रीमति मनमायाको मृत्यु भएको हो ।

मोक्तानले बुधबार राति आफ्नै ५१ वर्षीया श्रीमती मनमायाँ मोक्तानको कालगतिले मृत्यु भएको भनि स्थानीयलाई खबर गरेको भएपनि श्रीमान श्रीमतिको झगडामा केशरबहादुरले बाँसको लाठीले कुटपिट गर्दा मनमायाको मृत्यु भएको भन्ने बिहीबार खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?