Comments Add Comment

साउनको पहिलो सोमबार मुक्तिनाथ धाममा श्रद्धालुको घुइचो (फोटोफिचर)

७ साउन, बुटवल । भगवान शिवको प्रिय मानिने साउन महिनाको आज पहिलो सोमबार । हिन्दू धर्मावलम्बीहरु शिवधामहरुमा पूजाअर्चना गर्न भीड लागेको छ ।

शिव मन्दिरमा बिहानैदेखि जर्लापण शुरु भएको छ । आज हरिशयनी एकादशी र साउनको पहिलो सोमबार एकैदिन परेकाले श्रद्धालुहरुको जर्लापणका लागि शिबधामहरुमा घुइचो बढेको हो ।

साउन महिनाको सोमबार शिवको ब्रत बसे मनले चिताएको पूरा हुने विश्वास रहेकाले देशभरिका शिब मन्दिरमा धर्मावलम्बीको भीड लाग्ने गरेको छ ।

रुपन्देहीको बुटवल १२ मा रहेको स्वामिनारायण मुक्तिनाथधाम र सैनामैना पर्रोहा स्थित वोलवमधाममा बिहानैदेखि निकै घुइचो छ ।

यहाँ बोलबम मेला भर्न नेपालका बिभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत भक्तजनहरु आएका छन् ।

पर्रोहा परमेश्वर बोलबमधाम,बुटवल र पाल्पाको सिद्धबाबा मन्दिर, नयागाउँस्थित मुक्तिनाथ धाम, निलकण्ठ बाबाधाम लगायतका मन्दिरमा भीड लागेको हो ।

पर्रोहास्थित बोलबम धाम र मुक्तिनाथधाममा साउन महिनाभर बिशेष मेला लाग्दछ । पछिल्ला वर्षहरुमा बोलबममा युवा युवतीको संख्या बढ्दै गएकोे छ ।

विशेषगरी महिलाहरु हरियो रंगका चुरा, मेहंदी र गेरु बस्त्र लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन् ।

बुटवल नयागाउँमा रहेको मुक्तिनाथधाममा प्रदेश ५ का बन बताबरण पर्यटन तथा उद्योग मन्त्री लिला गिरिले रुद्राभिषेक गर्दै १ महिने श्रावणी मेलाको शुभारम्भ गरे ।

सो अबसरमा बोल्दै गिरीले रुपन्देहीमा धार्मिक पर्यटनको संभाबना तिब्र रहेको भन्दै यसप्रकारका धामको संरक्षण र प्रचारप्रसार गर्नु राज्यको दायित्व भएको बताए ।

धामका प्रमुख संरक्षक स्वामी लोकानन्दले धामलाई दक्षिण एसियाकै नमूना बनाउने प्रयत्न भैरहेको बताए ।

रुद्राभिषेकका लागि धाममा प्रदेश ५ प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक शेरबहादुर बस्नेत, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्याम ज्ञवाली,बुटवल नगर प्रमुख शिबराज सुबेदी लगायत दर्शन गर्न पुगेका थिए ।

       

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment