Comments Add Comment

सडक डिभिजनको लापरबाहीले मन्थलीको सडक अस्तव्यस्त

 ७ साउन, रामेछाप । सडक डिभिजन कार्यालय खसिन्धुलीको लापरबाहीको कारण रामेछापको सदरमुकाम मन्थलीको सडक अस्तव्यस्त भएको छ ।

सडक विस्तारका क्रममा कार्यालयले बाटो भत्काएर त्यतिकै छाडेपछि सदरमुकाममको सडक धान रोप्न ठिक्क पारेको खेत जस्तै भएको छ ।

मन्थलीको रणजोर खोला पुलदेखि विपिचोकसम्मको सडक विस्तार गर्ने भन्दै सडक डिभिजन कार्यालयले असारको पहिलो हप्ता सडक भत्काएको थियो ।

असारको पहिलो साता सडक भत्काएपछि सडक डिभिजन कार्यालयले सडकको काम त्यतिकै अलपत्र छाडेको छ ।

सडक भत्काउँदा पुरानो नाली तथा कालोपत्रे गरिएको सडक पुरिएको छ । नाली पुएकिो कारण नालीको पानी बीच सडक बाटनै बगेको छ । जसले गर्दा बाटो हिलाम्य भएको छ ।

सडकमा यातायाताका साधनहरुलाई गुड्न तथा पैदलयात्रीहरुलाई यात्रा गर्न निक्कै कठीन भएको छ ।

आसपासका स्थानीयलाई पानी पर्दा हिलो र घामलाग्दा धुलोेले बस्न र बाहिर फेर निस्कनसमेत कठिनाइ भएको छ ।

सडक भत्काएको डेढ महिना वित्दा पनि निर्माणको काम सरु नगर्दा स्थानीयको जनजीवन अस्तव्यस्त भएको स्थानीय शिवध्वज कार्कीले बताए ।

‘बाटो भत्काएर अलपत्र पारेको छ । नालिको पानी सडकमा बग्छ । सडकबाट वार पार गर्न पनि नसकिने अवस्था छ । सडक डिभिजनलाई भनियो, मेयरलाई पनि भनियो तर सडकको काम अघि बढेन’, उनले भने ।

सडक विस्तार र नाली निर्माणको नाममा सडक भत्काउँदा सडक मात्र भत्किएको छैन स्थानीय किसानहरुको खेतमा पानी लगाउने कुलोसमेत भत्किएको छ ।

सडक खन्दा भत्किएको कुलो समयमा नै मर्मत नहुँदा किसानहरुले खेत रोप्नसमेत पाएका छैनन् ।

असारको १५ मै रोप्नु पर्ने खेत साउनको पहिलो हप्ता वित्दा पनि रोप्न नसकेको स्थानीय कृषक लोकबहादुर श्रेष्ठले बताए ।

‘लगातार ७ दिन लगाएर बल्ल कुलो बनाइयो । धान रोप्न ढिला भयो । त्यसको लागि पनि प्रमुख जिल्ला अधिकारी नै गुहार्नु पर्यो’, श्रेष्ठले भने ।

सडक भत्काइएपछि रणजोर खोला पुलदेखि मदनभण्डारी चोकसम्म सडक भत्काइँदा सो क्षेत्र मात्र हैन मन्थली बजार क्षेत्रलाई नै सो बाटोले धुलाम्य पारेको छ ।

हिलोबाट जाने ट्याक्टर तथा अन्य यातायातका साधनले बजार क्षेत्रमा लैजाने हिलोले मन्थली बजार नै कुरुप बनाएको छ ।

यसैगरी वर्षाको भेलले ल्याएको माटोको व्यवस्थापन हुननसक्दा मन्थली बजार अस्तव्यस्त बनेको छ ।

सडक भत्काएर हिँडेका सडकका कर्मचारीहरु पुनः मन्थलीमा फर्किएका छैनन् । रामेछापमा सडकको कार्यालय नहुँदा स्थानीयले गुनासो गर्ने ठाउँसमेत पाएका छैनन् ।

सडक निर्माणको काम नरपालिकाले गर्न नसक्ने भएकोले उसले मर्मतको आँट गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment