 
																						११ वैशाख, किमााथाङ्का । उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गत संखुवासभाको मकाल र भोटखोला गाउँपालिकामा सडक अवरुद्ध भएको छ ।
लगातारको वर्षासँगै आएको पहिरोले मकालु गाउँपालिका–३ धर्मद्धारस्थित खाँदबारी-किमाथाङ्का खण्ड अवरुद्ध भएको हो ।
बुधबार रातिको वर्षासँगै आएको पहिरो खाँदबारी-किमाथाङ्का खण्डअन्तर्गत मकालु-३ क्षेत्रको सडक बगाएपछि आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सडक अवरुद्ध हुँदा मकालु-३ र ४ तथा भोटखोला गाउँपालिका जाने सवारीसधान सञ्चालन हुन सकेका छैनन् ।
माथिल्लो क्षेत्रमा लगातार वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भएको उत्तर-दक्षिण कोशी सडक आयोजना कार्यालयले जनाएको छ ।
अहिले सदरमुकाम खाँदबारीबाट मकालु र भोटखोला जाने यातायात मकालु गाउँपालिकाको फ्याक्सिन्दासम्म मात्रै सञ्चालन भइरहेका छन् ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4