Comments Add Comment

आर्यनले ‘कायरा’को कथा सुनाउँदा रोएकी थिइन् साम्राज्ञी


साउनको १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कायरा’ अहिले चर्चामा छ । लक्ष्मण रिजालको निर्देशनमा तयार भएको यो चलचित्रमा नायक आर्यन सिग्देल र नायिक साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडीलाई देख्न सकिन्छ ।

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई नायक आर्यन सिग्देल आफैले यो चलचित्रको कथा सुनाएका थिए । कथा सुनाउँदै गर्दा साम्राज्ञी रोएको आर्यनले बताए । साम्राज्ञीले पनि यो कुरा स्विकार गरिन् । उनले भनिन्-‘पहिलो पटक कुनै चलचित्रको कथा सुन्दा मन भरिएर आएको थियो । साच्चै, यो चलचित्रको कथाले मन छोएपछि मैले काम गरेको हुँ ।’

आर्यनले पनि कथा सुन्दा सुन्दा साम्राज्ञी आफ्नै नजिकै आइपुगेको सुनाए ।  लभ स्टोरी कथामा बनेको यो चलचित्रले आफूहरुको जोडीलाई लामो समयसम्म याद गराउने आर्यन र साम्राज्ञीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment