Comments Add Comment

गुल्मीमा झण्डै ५ हजार सवारी साधन कारवाहीमा, २९ लाख राजश्व उठ्यो

दुर्घटना घटे पनि मृत्युदर बढी


८ साउन, गुल्मी । गुल्मीमा आर्थिक वर्ष २०७४/०७५ मा सवारीमाथि गरिएको ट्राफिक कारवाहीबाट २८ लाख ९३ हजार ५ सय राजश्व संकलन भएको छ । कारबाहीमा परेका ४ हजार ८ सय २ सवारी साधनबाट यो रकम संकलन भएको हो ।

नियमविपरीत सवारी चलाउनेहरुबाट उक्त राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय, गुल्मीका हल्दार देवीप्रसाद पौडेलले जानकारी दिए ।

जिल्ला ट्राफिक कार्यालय गुल्मीका अनुसार, गत आर्थिक वर्षमा ४ सय ५४ वटा ट्रक, ४ सय ५४ वटा बस, १ हजार ३ सय २७ वटा जिप कार कारवाहीमा परेका छन् । त्यस्तै २ सय ८६ वटा ट्याक्टर, २ हजार २ सय ८१ वटा मोटरसाइकल सवारीले साधन ट्राफिक नियमविपरीत सञ्चालन गर्दा फन्दामा परेका छन् । कारवाही परेका सवारी साधनमध्ये मोटरसाइकलबाट १३ लाख ८३ हजार ५ सय राजस्व संकलन भएको छ ।

त्यस्तै, ट्रकबाट ३ लाख ३८ हजार, बसबाट २ लाख ५१ हजार, जीप कारबाट ७ लाख ६४ हजार ५ सय, ट्याक्टरबाट १ लाख ५६ हजार ५ सय राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरीक्षक डोरबहादुर थापाले जानकारी दिए ।

एक वर्षमा १७ वटा सवारी दुर्घटना

गुल्मीमा आर्थिक वर्ष २०७४/०७५ को एक वर्षमा १७ वटा सवारी साधन दुर्घटनामा परेका छन् । यो अघिल्लो वर्षको तुलनामा कम भएको जिल्ला ट्राफिक कार्यालय, गुल्मीका प्रमुख थापाले जानकारी दिए ।
जिल्लामा भएको दुर्घटनामा बस २ वटा, जिपकार ४ वटा मोटरसाइकल ५ वटा, ट्याक्टर ५ वटा, डोजर १ वटा गरी १७ वटा सवारी साधन दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

सवारी दुर्घटनामा १९ जनाको ज्यान गयो

आर्थिक वर्ष २०७४/०७५ मा जिल्लामा सवारी दुर्घटनामा परि १९ जनाले ज्यान गुमाएका छन् । जिल्लामा सवारी दुर्घटनामा परि मर्ने गत वर्ष भन्दा बढी मृत्युदर रहेको छ ।  सवारी दुर्घटनामा परि १४ जना पुरुष, ५ जना महिलाको ज्यान गएको थियो । सवारी दुर्घटनाबाट २८ जना गम्भीर घाइते र २२ जना सामन्य घाइते भएका थिए ।

गुल्मीबाट छुट्ने सवारी साधनलाई टाइम कार्ड

गुल्मीबाट छुट्ने सवारीका साधनहरुलाई टाइम कार्ड व्यवस्था गरिएको छ । बढ्दो सवारी दुरघटना न्युनिकरण गर्न भन्दै जिल्ला प्रहरी कार्यालय गुल्मी, जिल्ला प्रशासन कार्यालय गुल्मी, जिल्ला ट्राफिक कार्यालय गुल्मीको सक्रियतामा जिल्लाबाट छुटने सवारीका साधनहरुलाई टाइम कार्डको व्यवस्था गरिएको हो ।

जिल्लाबाट पाल्पा, बुटवल, काठमाडौं लगायतका स्थानमा छुटने सवारीका साधनहरुलाई टाइम कार्डको व्यवस्था गरिएको छ । सदरमुकाम तम्घासबाट जिल्ला बाहिर छुटने सवारी साधनहरुलाई रिडी सम्मका लागी टाइम कार्डको व्यवस्था गरिएको हो ।

सदरमुकाम तम्घासबाट छुटने वसले रिडी २ घण्टा ४५ मिनेटमा पु¥याउनु पर्ने छ भने हाइस, निसान गाडी बअ गाडीले २ घण्टामा रिडी पुग्ने गरि टाइम कार्डको व्यवस्था गरिएको ट्राफिक कार्यालय गुल्मीका हवल्दार देबीप्रसाद पौडेलले जानकारी दिए । जिल्लाबाट छुटने वस, हाइस, निसान गाडी र वअ जिपलाई टाइम कार्डको व्यवस्था गरिएको छ ।

सबै सवारी साधनले टाइम कार्ड अनुसार सवारी साधनहरु सुचारु गरे जिल्लामा वढदो दुरघटना न्यूनिकरण गर्न मद्दत पुग्ने उनको भनाई छ । जिल्लामा पहिलो पटक झण्डै ३ वर्ष पहिले तत्कालिन प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले टाइम कार्डको लागु गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment