Comments Add Comment

अलिसाको तर्क-‘सुनिल सोनु जस्तो, सुशान्त सलमान जस्तो'(भिडियाे कुराकानी)


नव-नायिका अलिसा शर्मा शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘चि मुसी ची’लाई लिएर उत्साहित छिन् । उनले, त शनिबार चलचित्र हाउसफूल हुने भन्दै दर्शकलाई शुक्रबार नै चलचित्र हेर्न आग्रह समेत गरिन् ।

अनलाइनखबरसँग कुरा गर्दै नायिका शर्माले भनिन्-‘यो चलचित्रले दर्शकलाई पूर्ण मनोञ्जन दिन्छ । दर्शकले हामीलाई जुन शैलीमा देख्नुभएको छ, त्यो भन्दा विल्कुल फरक भूमिकामा यो चलचित्रमा देख्नुहुनेछ ।’

‘चि मुसी ची’ टिमसँग गरिएको कुराकानीको भिडियो यहाँ हेर्नुहोस्ः

नव-नायक सुनिल क्षेत्री यो चलचित्र आफ्नो लागि चुनौतीपूर्ण रहेको सुनाउँछन् । आफूले गर्दै आएको काम भन्दा विल्कुल फरक भूमिकामा काम गर्न चुनौती रहेको भन्दै उनले नयाँ कलाकारलाई प्रोत्साहन दिन पनि दर्शकले यो चलचित्र हेर्नुपर्ने बताए ।

यस्तै, चलचित्रका अर्का नायक सुशान्त कार्कीले यसपटक दर्शकले आफ्नो एक्सन र डान्स चलचित्रमा हेर्न पाउने बताए । उनले, आफूले नृत्य गरेको गीतको भिडियो सार्वजनिक गर्दा कथावस्तु नै खुल्ने भएकाले सार्वजनिक नगरिएको बताए ।

निर्देशक दिनेश श्रेष्ठ भने आफूलाई सधै नै फरक चलचित्र बनाउन मन लाग्ने बताउँछन् । सस्पेन्स कथामा चलचित्र बनेकाले पनि धेरै बोल्न नमिल्ने उनको भनाई थियो ।

रमाइलो कुराकानी गर्ने क्रममा अलिसालाई हामीले प्रश्न सोध्यौ, तपाइलाई दुई नायकमध्ये कसको सिक्स प्याक राम्रो लाग्यो ? उनले हाँस्दै भनिन्-‘म त २ जनाले सर्ट खोल्ने वित्तिकै केही देखेको छैन भन्दै फर्किन्थे । सुशान्तको शरीर सलमान खानको जस्तो छ भने सुनिलको सोनु सुदको जस्तो छ ।’

देशभर गरिएको कन्सर्टले चलचित्रलाई उल्लेख्य फाइदा भएको उनीहरुको भनाई छ । सुनिलले त कन्सर्ट सकिदासम्म आफूलाई स्टार भएको महशुश गरिसकेका छन् । चलचित्रलाई लिएर यसको टिम निकै उत्साहित देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment