+
+
Shares

यी कुरा बुझ्नुभयो भने पति-पत्नीबीच कलह हुँदैन

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ९ गते १३:१७

युवा र युवती जतिबेला प्रेममा पर्छन, विवाह गर्छन्, त्यसबेला उनीहरु एकअर्काप्रति अघात माया प्रकट गर्छन् । एकअर्काविना बाँच्नै नसक्ने भाव व्यक्त गर्छन् । तर, जति जति समय गुज्रदै जान्छ, उनीहरुको प्रेमको जलप उप्किदै जान्छ । त्यस्तो अवस्था आउँछ, जतिबेला उनीहरु ति सबै नाटकिय व्यवहार गर्न छाड्छन् । वास्तविक रुपमा प्रकट हुन्छन् । यस्तो बेला देखावटी मायाको कुनै अर्थ रहँदैन ।

अक्सर दम्पती यही चरणमा पुगेपछि टुक्रिन्छन् । उनीहरुवीच मनमुटाव हुन्छ । झै-झगडा हुन्छ ।

दाम्पत्य जीवन सुखमय होस भन्ने चाहना सबैको हुन्छ तर यसलाई सुखद बनाउन भने धेरै गाह्रो छ । धेरैलाई लाग्छ विवाह पछि घर र कार्यालयको जिम्मेवारी निभाउन खासै गाह्रो हुँदैन तर, वास्तवमा यो चुनौतीपूर्ण कार्य हो ।

विवाहपछि समय व्यवस्थापन गर्न नसक्दा वा पतिपत्नीले एक अर्कालाई पर्याप्त समय दिन नसक्दा धेरै वैवाहिक सम्बन्धमा विस्तारै चिसोपना बढ्दै जाने गर्छ ।

खासमा पतिपत्नी बीचमा हुनुपर्ने विश्वास र भरोसा भएन वा दुई बीचमा हुनुपर्ने स्वस्थ मानसिकता भएन भने सम्बन्धलाई सहज रुपमा अगाडि बढाउन धेरै कठिन हुन्छ ।

विवाह पछिको पहिलो ५ वर्ष

वैवाहिक जीवनमा प्रवेश गरेको पहिलो पाँच वर्ष धेरै महत्वपूर्ण हुन्छ । सुरुको ५ वर्षमा पतिपत्नीबाट हुने गल्तीहरु ती यस्ता छन् जसले सम्बन्धलाई कमजोर बनाउँछ

१. आफैलाई परिवर्तन गर्नको सट्टा पार्टनरलाई बदल्ने चाहना राख्ने

२. जीवनसाथीसँग आवश्यकता भन्दा धेरै अपेक्षा राख्ने

४. सानो सानो कुरालाई मुद्दा बनाएर लडाईझगडा गर्ने, न आँफू चैनसँग बस्ने न अर्कालाई चैनसँग बस्नदिने ।

४. एक अर्काको दोषहरु खोजीखोजी आलोचना गर्ने र अपमान गर्ने

माथि उल्लेखित कारणहरुले विस्तारै पतिपत्नीमा दुरी बढ्दै जान सक्छ त्यसैले समय छँदै यदि पतिपत्नीले सुझबुझको साथमा देखिएका समस्याहरुको समाधान गर्न सकेनन् त्यसले वैवाहिक जीवन सुखद बनाउँदैन ।

ससाना समस्याहरुको चाँडै नै समाधान भएन भने एकअर्कामा लगाव नहुने र त्यसले अन्त्यसम्ममा सम्बन्ध विच्छेदको नै गराउने सम्भावना बढ्छ । त्यसैले दुवै जनालाईसम्बन्ध धेरै नै नाजुक हुन्छ भन्ने कुराको आभास हुन जरुरी छ । दुवैले एकअर्कालाई सम्मान गर्दै स्वस्थ मानसिकताको साथमा सम्हालिएर अगाडि बढ्नुपर्छ ।

आफ्नो गल्ती स्विकार गर्नुहोस्

धेरै पतिपत्नीमा देखिने सबैभन्दा अचम्मको कु्रा एकअर्काले आफ्नो गल्ती स्विकार नगर्ने बानी हो । धेरैलाई ससाना गल्तीहरुले पनि जीवनलाई धेरै हदसम्म प्रभावित गर्छन् भन्नेकुरा थाहा नहुन सक्छ ।

खासमा कुनै पनि गल्तीलाई सानो मान्नु नै गलत हुन्छ । सम्बन्धलाई हरेक हालतमा तोडिनबाट बचाउने जिम्मेवारी पति पत्नी दुवैको हुन्छ । पतिपत्नी बीचमा समस्या आउँछ भने समाधान पनि उनीहरु दुवैको बीचबाट खोज्नुपर्छ नकि तेस्रो व्यक्तीबाट, त्यसैले आफूबाट केहि गल्ती भयो भने त्यसलाई स्विकार गरेर माफी माग्ने बानी बसाल्नुहोस् ।

दिल खोलेर प्रशंसा गर्नुहोस्

रिलेसनसिप एक्सपर्टका अनुसार पतिपत्नीले एक अर्कालाई गर्ने प्रशंसाको शब्दले केवल एक अर्कालाई नजिक ल्याउनेमात्रै होइन कमजोर भएको सम्बन्धमा समेत ताजापन भर्ने सम्भावना राख्छ ।

वैवाहिक जीवनको सफलता धेरै हदसम्म यो कुरामा निर्भर रहन्छ । त्यसैले पतिपत्नीले एक अर्काको प्रशंसा गरेर वैवाहिक जीवनलाई आनन्दपूर्ण बनाउने बाटोतिर अगाडि बढ्नुपर्छ ।

यसरी आफ्नो सम्बन्धलाई अझै मजबुत बनाउनुहोस्

१. पतिपत्नीमा ‘सेन्स अफ हृयुमर’ हुनुपर्छ जसले वैवाहिक सम्बन्धलाई मजबुत बनाउँछ । तर, कहिलेकाँही एकले अर्काको केहि कुरालाई भने स्थिती र समस्याको माग अनुसार गम्भिरतापूर्वक लिनुपर्छ ।

३. पतिपत्नीले एक अर्कोको ‘ड्रेस सेन्स’लाई प्रशंसा गर्नुपर्छ । राम्रो कुराको लागि प्रशंसा गर्न कन्जुस्याँइ गर्नुहुँदैन ।

४. एकले अर्कालाई विश्वास र भरोसा गर्नुपर्छ । एकअर्कालाई कम्लिमेन्ट दिनुपर्छ । विश्वासको आधारमा सम्बन्धमा मिठास भर्नसकिन्छ ।

५. पतिपत्नीमा एकले अर्काको कुरा मान्न तयार नभएमा त्यसको कारण जान्ने प्रयास गर्नुपर्छ । तर, विवाद गरेर जीवनसाथीलाई झनै दुखी बनाउने र आँफै पनि दुखी बन्नुभने हुँदैन ।

६. एक अर्काको भावनासँग खेलवाड ठिक हुँदैन । एकअर्कालाई ‘इमोसनल ब्ल्याकमेल’ गरेर जीवनसाथीको कमजोरीमा फोकस गर्ने बानी आत्मघाती हुन्छ । भावनात्मक रुपमा एकअर्काको साथमा जोडिन समय निकालेर घुम्न अवश्य जानुहोस् तर, भुलेर पनि मानिसहरुको अगाडि आफ्नो प्रेमको प्रदर्शन नगर्नुहोस् ।

७. अनावश्यक बहसबाजी राम्रो बानी होइन । जब यस्तो अवसर आउँछ संवादलाई अन्तै मोडेर आफ्नो सम्बन्धलाई बचाउनुहोस् र सम्हालिनुहोस् ।

सम्बन्धमा समस्या कसरी समस्या निम्तिन्छ ? समाधान कसरी गर्ने

सम्बन्धमा उत्पन्न हुने को समस्याहरुलाई नीतिपूर्वक तरिकाले समाधान गर्ने तरिकाको बारेमा जानिराखौं

तपाई आफ्नो जीवनसाथीलाई धेरै प्रेम गर्नुहुन्छ । तर जब इगोलाई ब्यालेन्स गर्ने कुरा आउँछ त्यतिखेर चुपचाप सहेर कहिले खुलेर एक अर्काको अगाडि आउन सक्दैनन् । र त्यस्तोमा चुप रहनुपनि एक ठूलो कमजोरी बन्छ ।

त्यसैले आफ्नो तर्फबाट तपाईले स्पष्ट रुपमा पार्टनरलाई सहयोग गरेर वैवाहिक जीवनलाई राम्रो बनाउने बारेमा सोच्नुनै राम्रो हुन्छ ।

वैवाहिक सम्बन्धलाई बर्बाद गर्नेकुरा अर्को मुख्य कुरा कि्रया र प्रतिकि्रया पनि हो । त्यसैले आफ्नो प्रतिकि्रया व्यक्त गर्न हतार नगर्नुहोस् । सोचेर सम्भिmएर मात्रै प्रतिक्रिया दिनुहोस् ।

आफ्नो सम्बन्धलाई राम्रो बनाइराख्नको लागि एकअर्कासँग सुझाव माग्नुहोस र ती सुझावहरुलाई अपनाउनुहोस् जुन सम्बन्धको लागि राम्रो र उपयोगी छ । तर यस्तो तपाईंले धैर्यपूर्वक समस्यालाई खुला दिलले स्विकार गरेपछि मात्रै सहज हुन्छ ।

आफ्नो जीवनसाथीसँग बेकारको वादविवाद नगर्नुहोस् र अरु मानिसलाई त्यसको हिस्सा बनाउनुहोस् । कम भन्दा कम शब्दमा समस्यालाई परिभाषित गर्नुहोस् । एक अर्कालाई उचित समय दिनुहोस् ।

यस्तो माहौल बनाउनुहोस जहा तपाईले खुला दिल र दिमागले समस्याको गर्न सक्नुहुन्छ । त्यस्तै त्यसको लागि लगन र सत्यताको साथमा तपाईले प्रयास गर्नुपर्छ ।

हरेक समस्याको समाधानमा एक अर्कालाई पार्टी वा डिनर दिएर जे भएको छ त्यो धेरै राम्रो भएको छ भन्ने महसुस गराउनुहोस् । यस्तै पतिपत्नीको सम्बन्ध जव विवाह पश्चात प्रारम्भिक चरणमा हुन्छ त्यतिखेर सबै परिवारका अपेक्षाहरु वास्तविक आधारमा हुँदैन् । सासुससुराहरुले बुहारीसँग उनीहरु हरेक सम्बन्धलाई मनैभित्रबाट सम्मान दिउन् भन्ने आशा गर्छन् ।

यस्तोबेलामा तपाईंले आफ्नो सहजतालाई ध्यान नदिइ सम्बन्धको निर्वाह यस्तो तरिकाले गर्नुपर्छ जसरी तपाईंले उनीहरुलाई वर्षौ देखि जान्नुहुन्छ ।

यस्तै धेरै पत्नीहरुले जन्मदिन, विवाहको वर्षगाँठमा पतिले उपहारमो गहनाहरु वा राम्रा कपडाहरु उपहार दिउन् भन्ने आशा राख्छन् यो कुरा पतिले बुझुनुपर्छ ।  दाम्पत्य जीवन सुमधुर बनाउनको लागि एक जनाले मात्रै जति प्रयास गरेपनि सुमधुर हुँदैन त्यसैले दुवै जना मिलेर दाम्पत्य जीवन सुमधुर र सुखद बनाउने प्रयास गर्नुपर्छ ।

त्यसको लागि दुवै मिलेर जीवनको लागि व्यवहारिक विधिहरु बनाउनुहोस त्यसोभएमा कठिन समयमा पनि सजिलो सँग जीवन बिताउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?