Comments Add Comment

टिनएजः यी परिवर्तनलाई कसरी आत्मसात गर्ने ?

कुनै पनि मानिसको जीवनमा सबैभन्दा महत्वपूर्ण क्षण भनेको उनीहरूको किशोरावस्था हो । सामान्यतया किशोरावस्था १३ वर्षदेखि १९ वर्षसम्म रहने गर्छ । यो उमेरमा एउटा बच्चा न त बच्चा रहन्छ, न त ठूलासरह नै हुने गर्छन् । बरु यो त्यही उमेर हो, जहाँ किशोरकिशोरीहरू ज्यादा रिसाउने, कराउने तथा र्झकने गर्दछन् । उनीहरूको गुनासो हुन्छ, आमाबुबाले मेरो कुरा सुन्दै सुन्नुहुन्न । म के चाहन्छु, भन्ने कुरा बुझ्नै चाहनुहुन्न । खालि आˆनो कुरा लाद्नुहुन्छ ।

त्यसैले त, मनोवैज्ञानिकहरू पनि यो उमेरलाई ‘आँधीहुरी’ अर्थात, तनाव, आवेग तथा विरोधको अवस्था भन्न रुचाउँछन् ।

यो उमेरमा किशोरकिशोरीहरूमा विभिन्न प्रकारका शारीरिक तथा मानसिक परिवर्तनहरू देखा पर्दछन् ।

यस्ता परिवर्तन हर्मोनको बद्लावका कारण पनि हुने गर्छ । त्यस्तै, गलत खानपान, पौष्टिक तत्वयुक्त खानाको कमी लगायतका कारण पनि यस्ता परिवर्तन छिटै देखिने गर्दछन् ।  कुनै पनि मानिसको शरीरमा शारीरिक परिवर्तन देखिएमा त्यसले मानसिक परिवर्तन समेत निम्त्याउँछ ।

कुनै पनि व्यक्तिमा शारीरिक तथा मानसिक परिवर्तन आएमा यी लक्षणहरू देखा पर्दछ ।

किशोरावस्थामा हुने शारीरिक तथा मानसिक परिवर्तन

-बोलीमा परिवर्तन आउने

-रिसाउने, कराउने, झर्किने

-किशोरहरूमा जुँगा दार्‍ही पलाउने

-किशोरीहरूमा मासिकश्राव सुरु हुने

-किशोरीहरूमा स्तनको आकार बढ्ने

-किशोरहरूमा कुमको आकार बढ्ने

-किशोरकिशोरीको उचाइ बढ्ने

-ठूलाले भनेको नमान्ने

-साथीहरूको लहैलहैमा लाग्ने

-नक्कल पार्ने

-कुलतमा फस्ने

-नयाँ कुरा टेष्ट गर्न मन लाग्ने

-निर्णय गर्ने अवस्थामा नभए पनि आफैँ निर्णय गर्न खोज्ने

-गलत संगत तथा विपरीतलिङ्गीको आर्कषणका कारण किशोरावस्थामै गर्भधारण गर्ने आदि ।

यस्ता परिवर्तन देखिएमा उनीहरू आˆनो शारीधिरक परिवर्तनलाई लिएर बढी संवेदनशील हुने गर्छन् । जसका कारण उनीहरू आत्तिने, तर्सिने तथा कराउने समेत गर्छन् ।

अझ भनौँ, उनीहरूले आफूमा देखिएको परिवर्तनलाई सहजै स्वीकार गर्न नसक्दा उनीहरू बिग्रने सम्भावना पनि धेरै हुने गर्दछ । त्यसैले पनि यो उमेरमा प्रत्येक आमाबाबुले आˆना बालबालिकाको शरीरमा देखापर्ने यस्ता  परिवर्तनबारे आˆना बच्चाहरूलाई समयमै बताउन जरुरी छ । साथै, उमेर बढेसँगै यो समस्या स्वतः कम हुँदै जान्छ भन्ने कुरा पनि उनीहरूलाई बुझाउनु आवश्यक छ ।

यस्ता परिवर्तनबारे समयमै सही सल्लाह नपाएको खण्डमा आˆनो शरीर तथा मानसिक अवस्थामा आएको परिवर्तनलाई लिएर किशोरकिशोरीहरूमा मानसिक तनाव उत्पन्न हुने गर्दछ । र,  मानसिक तनावका कारण उनीहरू गम्भीर डिप्रेशनको समेत शिकार हुनसक्छन् ।

यस्ता परिवर्तनलाई कसरी ह्याण्डल गर्ने ?

यस्ता कुरा ह्याण्डल गर्न प्रत्येक किशोरकिशोरीहरूले यो उमेरमा आफूमा हुने यस्ता परिवर्तन हुनु स्वाभाविक हो भनेर बुझ्नु जरुरी छ । त्यस्तै, उनीहरू संयमित हुन आवश्यक छ । यो उमेरमा उनीहरू प्रायः भावनामा बग्ने गर्छन् । त्यसप्रति सजग हुनु आवश्यक छ ।

किशोरकिशोरी विपरीत लिङ्गीप्रति आकषिर्त हुनु उमेरजन्य दृष्टिले सामान्य कुरा हो । त्यस्तै, हर्मोन परिवर्तनका कारण उनीहरूको शारीरिक तथा मानसिक अवस्थामा परिवर्तन आउनु पनि सामान्य हो, जुन प्रत्येक आमाबाबुले बुझ्नु आवश्यक छ ।

नेपालमा अभिभावकहरूलाई प्यारेन्टल सीपबारे जानकारी नहुँदा उनीहरू कुन उमेरका बच्चाहरूसित  कस्तो व्यवहार गर्ने तथा कुन उमेरका बालबालिकाले कस्तो व्यवहार देखाउँछन् भन्ने कुरा जान्दैनन् ।

जब कि यो उमेरका बालबालिकालाई अभिभावकहरूले सही काउन्सिलिङ्गद्वारा जीवन जिउने सीप, यौन शिक्षा, शारीरिक तथा मानसिक रूपमा आउने परिवर्तनबारे जानकारी दिन जरुरी छ । त्यस्तै, मानिसहरूसित कसरी बोल्ने, कसरी व्यवहार गर्ने, सही निर्णय कसरी लिने, सिर्जनात्मक कसरी हुने, अन्तरवैयक्तिक सम्बन्ध कसरी स्थापित गर्ने, तनाव कसरी कम गर्ने भनेर समेत सिकाउन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment