+
+

तालिम सकेका अधिकृतलाई प्रधानमन्त्रीको प्रश्न : कार्यक्षेत्र गएपछि पनि इमान्दारिता रहला ?

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १० गते १५:०३


१० साउन, ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै कर्मचारीले सिर्जनात्मक क्षमता देखाएर काममा अब्बल हुनुपर्ने बताएका छन् ।

प्रशासन सेवा सामान्य प्रशासन समुहका नवनियुक्त अधिकृतहरुको आधारभूत प्रशासनिक प्रशिक्षण समापन समारोहमा बिहीबार उनले नवनियुक्त अधिकृतहरुलाई सिर्जनात्मक क्षमता प्रदर्शन देखाउन आग्रह गरेका हुन् ।

‘तपाईंहरुले एउटा परीक्षा पास गर्नु भयो तर अब वास्तविक परीक्षमा सहभागी हुँदै हुुनुहुन्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘तपाईंहरुले कार्यक्षेत्रमा गएर जनतालाई कत्तिको सन्तुष्ट पार्न सक्नुहुन्छ, पारदर्शी सेवा दिनुहुन्छ कि दिनुहुन्न ? तपाईंको इमान्दारिता रहन्छ कि रहदैन ? यी सबै कुरामा तपाईंहरु पास हुनुपर्दछ ।’

प्रधानमन्त्री ओलीले अधिकृृतहरुलाई देशलाई राम्ररी अध्ययन गर्न र चिन्न पनि आग्रह गर्नुभएको छ । ‘देश भनेको हिमाल पहाड र तराई मात्र होइन’ प्रधानमन्त्री ओलीले भने ‘देशभित्र समाज छ, विभिन्न जातजाति छन् । धर्म संस्कृति छन् । ति सबै कुराको जानकारी राख्नु पर्दछ ।’

नेपालीका पुर्खा धेरै विद्वान भए पनि नेपालीहरु पछि पर्नु अनौठो भन्दै प्रधानमन्त्रीले पछि पर्नु पर्ने कारण पत्ता लगाउन र अब गरिबीबाट मुक्त हुने उपायका बारेमा मन्थन गर्न नव अधिकृतहरुले मन्थन गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले भने ‘सरकार अब देशलाई गरिबीबाट मुक्ति दिलाउने अभियानमा लागेको छ । किनभने अब देशलाई अघि बढाउने समय आएको छ ।’

देश नयाँ परिस्थितिमा भएकोले अब पुरानो मान्यताको सोचाइमा पनि परिवर्तन गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘देशले केही नयाँ प्रणालीको विकास गरेको छ’ उनले भने ‘देशमा संघीय प्रणाली लागु भएको छ । त्यसअनुसार तपाईंहरुले आफूलाई समायोजन गराउनु पर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?