Comments Add Comment

फिलिपिन्समा मायाको परिभाषा खोज्दै आर्यन र साम्राज्ञी


नायक आर्यन सिग्देललाई अहिले ‘कायरा’ सबथोक बनेको छ । चलचित्र रिलिजका लागि एक साता मात्र बाँकी रहँदा आर्यन प्रचारमा दौडिरहेका छन् । उनलाई नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि साथ दिएकी छिन् ।

यो चलचित्रको ट्रेलर र एउटा गीतले राम्रै हाइप बनाइरहेको छ । यसैविच, चलचित्र रिलिजको एक साता अगाडि ‘यो त माया हो’ बोलको गीत सार्वजनिक गरिएको छ ।

यो गीतको भिडियोको केही दृश्य उडेपछि यसको निर्माणपक्ष तनावमा थियो । भिडियोको सुरुवातको केही दृश्यलाई रिसुट गरिएको प्रष्ट हुन्छ ।
फिलिपिन्समा खिचिएको गीतको भिडियोमा मुख्य कलाकार आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई फिचरिङ गरिएको छ ।

सुगम पोख्रेल र श्रेया सोताङको आवाज रहेको गीतमा नरेश भट्टराइको शब्द, कल्याण सिंहको संगीत छ । लक्ष्मण रिजालले यो चलचित्रको निर्देशन गरेका हुन् ।

चलचित्रमा केदार भुषालको पटकथा तथा संवाद, शिवराम श्रेष्ठको छायांकन, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, प्रविण सिंहको कोरियोग्राफी छ ।

आर्यन सिग्देलकै कथा रहेको चलचित्रका कार्यकारी निर्माता राजकुमार भट्ट हुन् । साउनको १८ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment