Comments Add Comment

तौल कम गर्नुका साथै स्मरण शक्ति बढाउनसमेत उपयोगी व्यायाम

तौल कम गर्नका लागि मानिसहरू प्राय व्यायाम गर्दछन् ।  नियमित रुपमा व्यायाम गर्नाले मानिसको तौल कम हुनुका साथै मन समेत स्फूर्त रहने गर्दछ ।

व्यायामले मानिसको शरीरका साथै मस्तिष्कलाई समेत स्वस्थ राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । नियमित रूपमा वर्कआउट, ध्यान तथा योग गरेर आफ्नो निर्णय गर्ने क्षमतामा वृद्धि गर्न सकिन्छ । स्मरणशक्ति बढाउन तथा आत्मविश्वास जगाउन पनि व्यायाम आवश्यक छ

   निर्णय लिने क्षमता बढाउँछ

व्यायाम मस्तिष्कका लागि निकै फाइदाजनक मानिन्छ । इलिनोइस विश्वविद्यालयमा गरिएको एक शोधका अनुसार व्यायामका कारण मस्तिष्कमा नयाँ कोषिका तथा धमनी तयार हुन्छ र क्षतिग्रस्त  कोषिकाको मर्मत समेत हुन्छ, जसका कारण निर्णय लिने क्षमतामा वृद्धि हुन्छ ।

आत्मविश्वास बढाउँछ

नियमित रूपमा व्यायाम तथा योग गर्नाले शारीरीक  तथा मानसिक मजबुती त प्राप्त हुन्छ नै ।  साथमा, आत्मविश्वास समेत बढ्छ । ध्यान तथा योगका क्रममा श्वास प्रश्वास सम्बन्धी  व्यायाम गरेर पनि आफू भित्र विश्वास पैदा गर्न सकिन्छ ।

   स्मरण शक्ति बढ्छ

नियमित व्यायाम गर्नाले मस्तिष्कमा रसायनको मात्रा बढ्ने गर्छ । जसका कारण नयाँ कोषिकाको निमार्ण गर्दछ । र मस्तिटष्क कोषिका एक आपसमा जुडेर नयाँ कुरा सिक्न तथा बुझ्नमा सहायता प्रदान गर्दछ । टेनिस तथा बास्केटबल जस्ता व्यायामलाई आफ्नो  दैनिकीमा सामेल गरेर पनि सिक्ने तथा ध्यान केन्दि्रत गर्ने क्षमताको विकास गर्न सकिन्छ ।

ऊर्जाको सञ्चार गर्छ

व्यायामका कारण शरीरको कोषिकालाई पर्याप्त मात्रामा अक्सिजन प्राप्त हुन्छ । जसका कारण शरीरको ऊर्जा प्रणालीले सही तथा  प्रभावकारी रूपमा गर्छ । नियमित रूपमा व्यायाम गर्नाले शरीरको मांसपेशी मजुबत हुन्छ ।

मुड सुधार्छ

मानसिक रूपमा सबल हुन चाहने व्यक्तिका लागि व्यायाम राम्रो विकल्प हुनसक्छ । व्यायामले मस्तिष्कको रसायनलाई उत्तेजित बनाई मु्ड राम्रो बनाउन मद्दत गर्छ ।

सहनशक्ति बढ्छ

व्यायाम गर्दा शरीरबाट पसिना निस्कन्छ । जसका कारण शरीरमा थकावट त हुन्छ । तर यसकै कारण शरीरमा सहनशक्तिको समेत वृद्धि हुने तथा मांसपेशीमा  थकावटको कमीजस्ता परिणाम देखिन्छ । त्यसैले, जो मानिसमा सहनशीलता कम हुन्छ, उनीहरूले अनिवार्य व्यायाम गर्नु उचित हुन्छ ।  यसले व्यक्तिको जीवनमा धेरै हदसम्म सकारात्मक प्रभाव पार्दछ ।

चिन्ता कम गर्छ

जो मानिस नियमित व्यायाम गर्छन्, उनीहरू व्यायाम नगर्ने मानिसको तुलनामा बढी समय तनावमुक्त रहने गर्छन् । व्यायाम गर्नाले एन्डोफिन्स नामक हर्मोनमा वृद्धि हुने गर्छ ।  उक्त हर्मोनले दिमागमा उल्लासको सञ्चार गर्छ । जसका कारण शारीरिक तनाव स्वतः कम हुनुका साथै  जीवनमा आइपर्ने अन्य तनावसित लड्न समेत मद्दत मिल्छ ।

एकाग्रता बढाउँछ

व्यायामले  मस्तिष्क र  शरीरबीच उचित तालमेल बनाएर  एकाग्रता कायम राख्न मद्दत गर्छ । कुनै काममा विशेष ध्यान केन्दि्रत गर्नका लागि क्वाइन टि्रक तथा चियर टि्रकजस्ता व्यायाम गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment