
११ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा डा. गोविन्द केसीसंग भएको सहमति कार्यान्वयनका लागि संसदमा प्रभावकारी भूमिका खेल्न सांसदहरुलाई निर्देशन दिएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बिहान बसेको संसदीय दलको बैठकमा दलका नेता एंव प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टर केसीसंग भएको सहमतिको जानकारी गराउदै सहमति कार्यान्वयनका लागि आवश्यक सहयोग पुर्याउन निर्देशन दिएका हुन् ।
सरकारले काठमाडौं उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्नका लागि अनुमति नदिने गरि बिहीबार राति डाक्टर केसीसंग सहमति गरेको थियो ।
डा. केसीको मागलाई नै मुख्य एजेण्डा बनाई प्रतिपक्षी दलले संघीय संसद अवरुद्ध गरिरहेका बेला प्रधानमन्त्री ओलीले सहमति अनुसार अघि बढ्दै संसदमा भूमिकालाई प्रभावकारी र सशक्त बनाउन निर्देशन दिए ।
सहमति जुटाउनका लागि अन्तिम समयमा आएर मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका उपनेता सुवास नेम्वाङले वार्ताका क्रममा आइपरेका समस्या, सम्बोधनका लागि गरिएको प्रयास र ७ बुँदे सहमतिबारे जानकारी गराए ।
डा. केसीसंग भएको सहमति अनुसार संसदीय प्रक्रियामार्फत नै विधेयकमा परिमार्जन गरिने नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि १५ औ पटक अनसन बसेका डा. केसीले सरकारले माग सम्बोधन गर्ने प्रतिवद्धता सहति ७ बुँदे सहमति गरे पनि बिहीबार २७ औ दिनको दिन अनसन तोडेका थिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4