Comments Add Comment

‘नेपाली सप्तपरी’ सिड्नीमा: नेपाली कला र शृङगारको सशक्त संयोजन

सिड्नी / सिड्नीमा मौसमी जाडोले बिदा लिनै लाग्दा विभिन्न गतिबिधिहरुको सरगर्मी बढिरहेको छ ।

कहिले भड्किला मनोरन्जनात्मक कार्यक्रम त कहिले उच्चाट लाग्दा भाषण आयोजना हुने सिड्नीका सामाजिक कार्यक्रममा यो भने फरक छ ।

स्पस्ट दृष्ट्रिकोण, कुशल ब्यबस्थापन र सफल नेतृत्व यो कार्यक्रमको बिशेषता हो ।

नेपाली कला र शृङगारको संयोजन ‘सप्तापरी’ नाम राखिएको कार्यक्रमको मुख्य दृष्ट्रिकोण समाजमा भएको उत्पीडन र असमानतालाई पराजित गरेका सफलताका जिबन्त कथा प्रस्तुत गर्ने हो ।

मनोरञ्जन, उत्प्रेरणा र सशक्तिकरणले उत्पीडन र असमानताको खाडल पुर्नु पनि यसको उद्देश्य हो ।

अस्ट्रेलियामा आयोजना हुँदै गरेको यो कार्यकर्मको समग्र परियोजनाको नेतृत्व गरेकी छन् – उषाकिरण बारिया पोखरेलले ।

यहाँको नेपाली समाजमा कलाकार, कोरियोग्राफर र सामाजिक नेताका रुपमा स्थापित उषाको मुख्य ब्यबस्थापनमा सिड्नी शहरको केन्द्रमा रहेको बिशाल हलमा हुँदै गरेको कार्यक्रम शनिबार साँझ ६ सुरु हुनेछ ।

उषा बारिया पोखरेल स्कुले जीवनदेखि कलाकारितामा रुची राख्थिन र प्रतिभा पनि थियो ।

अस्ट्रेलिया आएपछि उनले आफ्नो रुची र प्रतिभालार्इ नेपाली अस्ट्रेलियन समुदायका कार्यक्रमहरु, यहाँका सरकारी काउन्सिलका कार्यक्रमहरु र भारतीय अस्ट्रेलियन समुदायका कार्यक्रम हरुमा पनि प्रस्तुत गर्न थालिन ।

उनी अहिले गैरआवासीय नेपाली संघ अन्तर्रास्ट्रिय परिषदकी सबै भन्दा कम उमेरकी निर्बाचित सदस्य हुन् ।

यो कार्यक्रम एउटा परियोजनाको स्तरमा उठ्नुका केही विशेषता छन् ।

नेपालमा समकालीन युवा पुस्तामा असल नाम कमाएका सात जना सफल महिला पात्रहरुको मुख्य उपस्थिति र प्रस्तुति हुनु पहिलो बिशेषता हो भने सिड्नीमा बिभिन्न पेशामा सशक्तरुपमा स्थापित महिला नेत्रित्वहरुको पनि बिशेष प्रस्तुति हुनु अर्को बिशेषता हो ।

नेपाली ढाकाको आधुनिक शृङगारसहितको पहिरन स्थापित गर्नु तेस्रो विशेषता हो भने यो कार्यक्रमबाट आर्जन हुने रकम समाजसेवी काममा हस्तान्तरण गरिने घोषणा हुनु अर्को बिशेषता हो ।

अस्ट्रेलियाको नेपाली समुदायमा स्थापित हुँदै गैरआवासीय नेपाली संघको अन्तर्रास्ट्रिय परिषदमा रहेर युवा संयोजकको सफल भूमिका निर्बाह गरेका विजय पोखरेल भन्छन – अहिले राज्य हरुले महिला अधिकार र लैंगिक हिंसा सम्बन्धित थुप्रै कानून हरु बनाएका छन् , तर ब्यबहारमा लागू हुन सचेतता र सशक्तिकरण छैन , यो कार्यक्रम महिला सशक्तिकरणमा प्रेरणादायी हुनेछ ।

सप्तपरी कार्यक्रमको चर्चा र प्रचार अस्ट्रेलियाको नेपाली समुदायबीच ब्यापकरुपमा भएको छ । यहाँका सामाजिक नेताहरुले आफ्नो सामाजिक संजाल, सार्बजनिक स्थल तथा पारिवारिक समारोहहरुमा पनि यो कार्यक्रमको प्रचार गर्ने गरेका थिए ।

अस्ट्रेलियाको बिशेष प्रसारण सेवा, यहाँ स्थापित अनलाइन तथा छापा माध्यम हरुले बिशेष सामग्री बनाएर प्रकाशन तथा प्रसारण गरेका छन् ।

यो कार्यक्रमको आन्तरिक ब्यबस्थापनमा सिड्नीका सशक्त नेपाली महिलाहरु पनि लागेका छन् । नेपालबाट आएका पाहुना बाहेक अस्ट्रेलियामा फरकफरक करिअरमा स्थापित महिलाहरु संयुक रुपमा स्टेजमा देखिने छन् ।

यस हिसाबले यो समग्र कार्यक्रम नेपाल र अस्ट्रेलियाका नारी प्रतिभाहरुको संयुक्त समारोह पनि बन्ने छ र कला तथा पहिरनको संयोजन सप्तपरी सफल बन्नेछ ।

यो कार्यक्रमको एक उद्देश्य सहभागी दर्शकलाई भरपुर मनोरञ्जन दिने त छदैछ, त्यसबाहेक उत्प्रेरणादायी मन्तब्यहरु , नेपाली ढाकालार्इ आधुनिक पहिरनमा डिजाइन गरी शृङगारकोरुपमा प्रस्तुत गर्नु पनि हो ।

नेपाली ढाकाका आधुनिक पहिरनकी डिजाइनर मुक्ता श्रेष्ठका अनुसार यो उनका लागि अनुपम अवसर हो किन कि उनका डिजाइनहरुको माग सबैभन्दा बढी अस्ट्रेलियामै छ ।

नेपालबाट आएकी निकिता चन्डक अघिल्लो वर्षको सुन्दरी (मिस नेपाल) हुन् । सुन्दरी प्रतियोगिताको बारेमा विश्वभर विभाजित मत रहेता पनि सिड्नी आइपुगेकी नेपाल सुन्दरी निकिताले आफ्नो बिनम्र भावमा भनिन – हामी सबैका पछाडि संघर्षका आ–आफ्नै कथा छन् तर हामि यहाँको नेपाली समाजलाई सिकाउँन होइन केही सिक्न आएका छौ ।

युवा अवस्थामा प्रवेश गर्दै गर्दा दृस्टी गुमाएकी सृस्टी केसी प्रेरणादायी ब्यक्तित्व र बक्ता दुवै हुन् । उनले आफ्नो जीवन संघर्ष र अनुभूति साट्नुका साथै केही ‘सरप्राइज’ प्रस्तुति पनि गर्ने छिन । जीवन्त त्यो हेर्न भने सिड्नी समयको शनिबार राति आठ बजेपछिी समय कुर्नु पर्नेछ र आफै कर्यक्रम स्थलमा उपस्थित हुनुपर्नेछ ।

‘सप्तपरी’ परियोजनामा हस्ताक्षर गरेदेखि सिड्नी आइपुग्दासम्मको परिचर्चा , यहाँको आतिथ्यता सत्कार र प्रेम देखेर नेपाली चलचित्रकी नायिका स्वस्तिमा खड्कालाई आफूहरु परी बनेर उडिरहेको गौरवमय अनुभूति भैरहेको छ । शनिबार साझको ब्यग्र प्रतिक्षामा छिन् उनी । भन्छिन – किनकि मेरा धेरै दर्शक , फ्यान र फलोअर पनि अस्ट्रेलियामै छन् ।

अर्की नायिका बर्षा राउत भन्छिन् – मलाई भाषण गर्न भने आउँदैन तर मेरो प्रतिभा आखा चिम्लेर प्रस्तुत गर्ने छु ।

कार्यक्रममा एलिसा रार्इ र रेजिना रिमालको पनि फरक फरक प्रस्तुति हुने छ । साथमा अस्ट्रेलियामा क्रियाशील कलाकारहरु पनि आआफ्नो प्रस्तुतिसहित टाउन हलमा सहभागी हुनेछन् ।

सिड्नीमा हरेक सबअर्ब र बस्तीमा टाउन हल छन् । तर, अरु हजारौले जस्तै प्रत्यक दिन नेपालीहरुले पनि मिलन र बिश्राम स्थल बनाउदै आएको टाउन हल भने सिड्नीको मुख्य सहर भित्र छ ।

१९ औं शताब्दिको अन्ततिर बनेको यो टाउन हल सिड्नी शहरमुनी भूमिगत भएर जाने रेल मार्ग माथि उभिएको छ । ‘सिटि सर्कल’ नामले परिचित यो रेल मार्गले सिड्नीका चारै दिशालार्इ जोड्छ ।

शनिबारको कार्यक्रममा सिड्नीका सबै स्थानहरुबाट रेल मार्गबाट आउन निकै सजिलो पनि छ ।

इन्जिनियर जोन ब्राडफिल्डको परिकल्पना र रेखांकनमा बनेको सिडी सर्कल रेलमार्ग माथिको टाउन हल भने १८८९ मा बनेको थियो र एक सय वर्षपछि यसको पुनर्निर्माण गरिएको थियो ।

इन्जिनियर जोन एच विल्सनले डिजाइन गरेको यही आधुनिक हलमा शनिबार नेपाली चेलीहरुले डिजाइन गरेको भब्य कार्यक्रम सम्पन्न हुँदैछ ।

नेपाली मजदुर, विद्यार्थी , ब्यबसायीहरुको सिड्नी शहरभित्रको मिलन थलो टाउन हलमा हुन लागेको ‘सप्तपरी’ कार्यक्रममा दुर्इ हजार भन्दा बढी मानिस सहभागी हुन सक्ने छन् । यसअघि यो हलमा नेपालका चर्चित मह जोडी र नेपथ्य ग्रुपले मात्र कार्यक्रम गरेका थिए ।

सिड्नीको एतिहासिक, आधुनिक तथा पुरातात्विक महत्वोको स्थानमा आयोजना हुने उक्त कार्यक्रममा नेपालबाट सशक्तिकरणका बिभिन्न विधामा योगदान पु¥याएका श्रीस्टी केसी, निकिता चन्डक, वर्षा राउत, स्वतिमा खड्का , बेनिसा हमाल, एलिसा राई, रजनी रिमाल, रक्षासिंह राणा र मोक्ता श्रेष्ठ नेपालबाट सहभागी छन ।

आयोजकहरुका अनुसार कार्यक्रमबाट संकलन हुने रकम मध्ये केही नेपालमा भूकम्प पीडित बालबालिकाको लागि सेवारत सँस्था ‘जीवन उत्थान’लाई हस्तान्तरण गरिने भएको छ ।

कार्यक्रममा सिड्नीका ब्यबसायीहरुले पनि व्यवसायिक सहभागिता दर्शाएका छन् ।

एक्सपोर्ट एजुकेसन तथा भिसा सर्भिस उक्त कार्यक्रमको शीर्ष प्रायोजक भएको छ । अरु दुर्इ दर्जन नेपाली ब्यबसायले पनि सहभागिता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment