Comments Add Comment

धुस्कुन बन्यो पुनर्निर्माण सम्पन्न गर्ने पहिलो गाऊँ

१२ साउन, सिन्धुपाल्चोक । भूकम्प प्रभावित १४ जिल्लामा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-३ धुस्कुन सबै घर पुनर्निर्माण गर्ने पहिलो वडा घोषित भएको छ ।

साविकको धुस्कुन गाविसबाट निजी आवास पुर्ण रुपमा निर्माण सम्पन्न भएको प्रमाणपत्र वितरण अभियान सुरु गरिएको हो । गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले स्थानीय न्यासलाल श्रेष्ठलाई घर पुनर्निर्माण सम्पन्न भएको प्रमाण पत्र हस्तान्तरण गरे ।

धुस्कुनमा १ हजार ६३ जना लाभग्राहीले पहिलो किस्ता लिएका थिए । उनीहरु मध्ये घर निर्माण सम्पन्न गरेका र तेश्रो किस्ता पाउने प्रक्रियामा प्रवेश गर्नेहरुको संख्या १ हजार २० रहेको वडा अध्यक्ष शुकदेव रिसाललेे जानकारी दिए ।

पुननिर्माण सम्पन्न भएको पहिलो वडा घोषणा कार्यक्रममा स्थानीयबासीको उल्लेख सहभागिता रहेको थियो ।

पानी परेपनि छाता र घुम ओडेरै स्थानीय कार्यक्रममा सहभागी भएका थिए । ‘भूकम्पपछि लामो समय टहरोमा बसेँ, अहिले मेरो मात्रै होइन, वडाका सबैले घर निर्माण गरेर बस्न थाल्नु भएको छ’ स्थानीय न्यासलाल श्रेष्ठले भने ।

जापानको अन्तराष्ट्रिय सहयोग नियोग -जाइका)को प्राबिधिक सहयोगमा जिल्लाका साबिकका ३१ गाउँ र भूकम्प प्रभावित १४ जिल्लामध्ये धुस्कुन पुननिर्माणमा सबै भन्दा अघि रहेको जाइकाका केन्दि्रय निर्देशक भुपेन्द्र बस्नेतले जानकारी दिए ।

पुनर्निर्माणलाई सहयोग गर्न जाइकाले प्राविधिक र घुम्ती डकर्मी समेत पर्याप्त परिचालन गर्दा अभियानमा सहयाग पुगेको वडा अध्यक्ष रिसालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment