+
+

प्रियंकाले छोडेको सलमानको फिल्म कट्रिनाको भागमा पर्नसक्ने

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १३ गते १०:३०

यतिबेला बलिउडमा सलमान खानको फिल्म पाउनका लागि एक से एक नायिकाहरु मरिहत्ते गर्छन् । तर प्रियंका चोपडाले हात पारिसकेको फिल्म पनि छोडिन् ।

प्रियंकाले चाँडै अमेरिकी गायक निक जोन्ससँग बिहे गर्ने चर्चा चलिरहेको छ । यही बिहेका कारण उनले सलमानको फिल्म ‘भारत’ बाट हात झिकेको बताइएको छ । तर, सलमानले यो कुरा नपत्याएको उनी निकट स्रोतले बतायो ।

‘बिहेलाई बहाना मात्रै बनाइएको हो, खास कारण अर्कै हुन सक्छ,’ स्रोतले भन्यो । प्रियंकाले अर्को ठूलो हलिउड प्रोजेक्ट हात पारेकाले यो फिल्म छोडेको हुन सक्ने स्रोतको आशंका छ ।

स्मरणीय के छ भने यो फिल्मका लागि प्रियंका पहिलो च्वाइस थिइनन् । सलमान आफ्नी पूर्व प्रेमिका कट्रिना कैफलाई लिने मुडमा थिए । तर, प्रियंकाले आफू कुनै ठूलो प्रोजेक्टबाट बलिउडमा कमब्याक गर्न चाहेको भन्दै निर्देशक अली अब्बास जाफरसँग यो रोलका लागि हारगुहार गरेकी थिइन् । जाफरकै जोडबलमा सलमान यस फिल्ममा प्रियंकालाई खेलाउन राजी भएका थिए ।

तर, प्रियंकाले हात झिकेपछि जाफर तनावमा परे । यसबाट सलमान आफूसँग रुष्ट हुने डरले उनले बिहेका कारण प्रियंकाले फिल्म छोडेको भन्दै टि्वट गरे ।

पि्रयंकाले नखेल्ने भएपछि सलमान र जाफर अर्की नायिकाको खोजीमा लागेका छन् । स्रोतका अनुसार फिल्ममा कट्रिनाको फेरि इन्ट्री हुन सक्ने सम्भावना बढि छ । सलमानले पहिल्यै कट्रिनालाई लिन चाहेका थिए भने निर्देशक जाफर पनि अब उनको कुरा काट्न सक्ने स्थितिमा छैनन् ।

यतिबेला कट्रिना दुई ठूला प्रोजेक्ट ‘ठग्स अफ हिन्दुस्तान’ र ‘जिरो’ मा व्यस्त छिन् । त्यसैले उनले ‘भारत’का लागि समय निकाल्न सक्छिन् कि सक्दिनन् यसै भन्न सकिदैन । त्यसमाथि पहिले आफूबाट खोसिएको रोलका लागि पुन अफर आउँदा उनले भाउ खोज्न पनि सक्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?