Comments Add Comment

डीएलए अध्यक्षका लागि ४ जनाबीच प्रतिस्पर्धा हुँदै

महासचिवमा ७ उम्मेदवार

१३ साउन, काठमाडौं । नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) को नयाँ नेतृत्व चयनका लागि आइतबार दिउँसो मतदान हुँदैछ ।

४३ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि दिउँसो २ बजेदेखि मतदान हुने निर्वाचन समितिका संयोजक कोमलप्रकाश घिमिरेले जानकारी दिए ।

नयाँ कार्यसमितिको अध्यक्षमा ४ जनाले उम्मेदवारी दिएका उनले बताए । वरिष्ठ अधिवक्ता रामकुमार श्रेष्ठ, अधिवक्ताहरु केदार कार्की, योगेन्द्रबहादुर अधिकारी र सीताराम केसीले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्दैछन् । अध्यक्षमा उम्मेदवारी दिएका प्रल्हाद कार्कीले भने उम्मेदवारी फिर्ता लिएका छन् ।

एक जना वरिष्ठ उपाध्यक्षका लागि ३ जनाको उम्मेदवारी परेको छ । ७ प्रदेशका र १ महिला गरी ८ जना उपाध्यक्ष रहनेमा ५ जना निर्विरोध निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा सुष्मा बास्कोटा बराल, प्रदेश १ बाट मुरारी खड्का, प्रदेश २ बाट राजनप्रसाद दाहाल, कर्णाली प्रदेशबाट खंगबहादुर सिजापति र प्रदेश ७ बाट दिलबहादु्र जेठारा निर्विरोध निर्वाचित भएका छन् ।

महासचिवमा १ पदका लागि ७ जनाको उम्मेदवारी परेको छ । जसमा कलमबहादुर खत्री, कृष्ण घिमिरे भुषण, विना श्रेष्ठ, भरतबहादुर राउत, सर्वज्ञराज नाय, लक्ष्मीदेवी दाहाल रावल र रामकुमार न्यौपानेको उम्मेदवारी परेको छ ।

त्यस्तै १ जना खुला सचिवका लागि ८ जना, १ जना महिला सचिवका लागि ३ जना, कोषाध्यक्ष १ जनाका लागि ८ जनाको उम्मेदवारी परेको छ ।

सदस्यहरुमा प्रदेश १ बाट अश्विनीकुमार भट्टराई, प्रदेश २ बाट सन्तोषकुमार पाण्डे, प्रदेश ५ बाट निर्मल गौतम, कर्णालीबाट दमनराज वम, प्रदेश ७ बाट उद्धवराज भट्ट निर्विरोध भएका छन् ।

महिला सदस्यमा यज्ञलक्ष्मी चौलागाईं, शर्मिला थापा विष्ट, शारदाकुमारी पौडेल र शर्मिला गौतम बस्याल निर्विरोध भएका छन् । मुस्लिम सदस्यमा अब्दुल अजिज आलम, दलितमा अमृतबहादुर नेपाली, दुर्गमबाट जगदिश बम, अपांग तथा अल्पसंख्यकबाट कुमार मगर पनि निर्विरोध निर्वाचित भएका निर्वाचन समितिले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment