+
+
Shares

भारतले खोल्यो सबै विमानस्थल

पाकिस्तानसँगको तनावपछि बन्द गरिएका ३२ विमानस्थल भारतले सोमबारबाट पुनः सञ्चालन गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २९ गते १५:०४

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • भारत–पाकिस्तान युद्धविरामपछि सबै भारतीय विमानस्थलहरू पुनः खोलिएका छन्। यसले दुई देशबीचको तनाव कम भएको संकेत गर्दछ।
  • भारतले मे ७ मा बन्द गरेको ३२ वटा विमानस्थल सोमबार पुनः सञ्चालनमा ल्याएको छ।
  • यात्रुहरूलाई सम्बन्धित एयरलाइन्सबाट जानकारी लिन आग्रह गरिएको छ र नागरिक उडानहरू पुनः सुरु भएका छन्।

२९ वैशाख, काठमाडौं । भारत–पाकिस्तान युद्धविरामपछि सोमबार भारतका सबै बन्द विमानस्थलहरू खोलिएका छन् । जम्मु–कश्मीरको पहलगाममा आतंककारीले २६ पर्यटकको हत्या गरेपछि भारत र पाकिस्तानबीच बढेको तनावबीच मे ७ मा भारतले आफ्ना ३२ वटा विमानस्थल बन्द गरेको थियो ।

ती विमानस्थलहरू मे १५ को बिहान ५ः२९ बजेसम्म अस्थायी रूपमा बन्द भनिएको थियो । तर, दुवै देशबीच युद्धविराम सम्झौता भएसँगै भारतीय विमानस्थल प्राधिकरणले विमानस्थल खोलेको हो ।

प्राधिकरणले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै विमानस्थल खुला गरिएको जनाएको छ । उसले यात्रुहरूलाई ती विमानस्थलहरूमा उठानका लागि सम्बन्धित एयरलाइन्सबाट जानकारी लिन आग्रह गरेको छ ।

इन्डिगो एयरलाइन्सले सामाजिक सञ्जाल प्लेटफर्म एक्सममा यसबारे जानकारी दिएको छ । कम्पनीले ट्राभल एड्भाइजरी जारी गर्दै सबै विमानस्थलहरू नागरिक उडानहरूका लागि खोलिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?