+
+

एनआरएनको युरोपेली बैठक लक्जेम्बर्गमा सुरु

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १३ गते १५:०४

बार्सिलोना / गैरआवासीय नेपाली संघको ११ औँ युरोपीय क्षेत्रीय बैठक तथा ९ औँ महिला सम्मेलन लक्जेम्बर्गमा सुरु भएको छ । ‘युरोपियन एनआरएनको प्रतिवद्धताः नेपालमा पर्यटक, ज्ञानसीप र लगानी’  भन्ने मुल नाराका साथ दुई दिनसम्म चल्ने बैठक आइतबारदेखि सुरु भएको हो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रमुख अतिथिको रुपमा बैठकको उद्घाटन गरेका छन्। कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, लक्जेम्बर्ग सरकारका शिक्षा, युवा तथा बालबालिका मन्त्री कलाउडे मेइश विशेष अतिथिका रुपमा सहभागी छन् ।

युरोप क्षेत्रका संयोजक शिवकुमार बरालको अध्यक्षतामा चलिरहेको कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, संरक्षक तथा पूर्व अध्यक्ष जीवा लामिछाने, आर्इसीसीका पदाधिकारीहरु लगायत, युरोपस्थित संघको २७ देशका राष्ट्रिय समन्वय परिषदका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको छ ।

युरोपमा नेपालीको बढ्दो उपस्थिति र उनीहरुले भोग्नु परेका समस्या र समाधानका उपाय, नेपालमा पूँजीसहित ज्ञान, सीप र दक्षता भित्र्याउने र नेपालको पर्यटन प्रवर्धन, लगानीको अवसर, एनआरएनएको विधान, नेपाली नागरिकताको निरन्तरता, गैरआवासीय नेपाली नागरिकता लगायतका १५ भन्दा बढी बुँदामा बृहत छलफल हुने संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?