Comments Add Comment

गुल्मीका नारायण जिसी भियतनाममा सम्मानित

१३ साउन, गुल्मी । गुल्मीका एक युवा व्यवसायी भितनाममा सम्मानित भएका छन् ।

जिल्लाको सदरमुकाम तम्घासस्थित जय सगरमाथा अटो मोवाइल्स प्रालि बजाज स्वरुम सञ्चालन गर्दै आएका सञ्चालक नारायण जिसी भितनाममा उत्कृष्ट राष्ट्रिय अवार्डले सम्मानित भएका हुन् ।

उनलाई नेपालको उत्कृष्ट डिलरको अवार्डले सम्मानित गरिएको हो । भितनाममा सम्पन्न बजाजको एक कार्यक्रममा हंसराज हुलाचशन्द्र एण्ड प्रालिका संञ्चालक शेखर गोल्छाले नारायणलाई नेपालको उत्कृष्ट डिलरको अवार्ड हस्तातरण गरेका थिए ।

नारायण छोटो समयमै सफल भएका व्यवसायी हुन् । उनले नेपालकै उत्कृष्ट डिलरको अवार्डले सम्मानित हुँदा निकै खुसी मिलेको बताए ।
अवार्डले आफूलाई आगामी दिनमा अझ केही गर्नुपर्छ भन्ने आँट थपिदिएको नारायणले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment