Comments Add Comment

बन्यजन्तु पीडितलाई राहत पाउनै मुस्किल

१३ साउन, चितवन । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट आउने जंगली जनावरबाट हुने जीउधनको क्षतीको राहात पाउन पीडितलाई समस्या हुने गरेको छ ।

निकुञ्जको ऐन अनुसार पाउनुपर्ने क्षतिपूर्ति पाउन निकै समस्या हुने गरेको स्वयं निकुञ्जका पदाधिकारीहरुको भनाइ छ ।

बेलैमा राहत नपाउँदा मृतकका परिवारहरुलाई निकै समस्या हुँदै आएको छ । घाइतेहरुलाई उपचार गर्नभन्दा क्षतीको रकम लिन महाभारत हुने गरेको छ ।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा गएको वर्ष मानवीय र भौतिक क्षतीको राहातको लागि एक हजार ३४ जनाले निवेदन दिए । तर, ती मध्ये जम्मा ११ जनाले मात्रै राहत पाएका छन् बाँकी ९४९ जनाले अझै नियमानुसारको राहात पाउन सकेका छैनन् ।

राहात कहिले मिल्छ भन्ने बारेमा निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल आँफै अनभिज्ञ छन् । निकुञ्जले राहातका लागि सिफारिस मात्रैं गर्ने उनले बताए ।

वन्यजन्तु आक्रमणमा एक वर्षको अवधिमा ज्यान गुमाएका ८ जनामध्ये ३ जनाका परिवार योग्य नभएकाले राहत पाएनन् । अन्य २ जनाको परिवार योग्य भएर पनि राहत रकम पाएका छैनन् ।

यो अवधिमा जंगली जनावरको आक्रमणबाट २६ जना घाइते भए । ती मध्ये १८ जनाले उपचार खर्चसमेत पाएका छैनन् ।

मानव मृत्यु र घाइतेको आंशिक राहत पाएपनि अन्य क्षती भएका पीडितहरुले गएको आर्थिक वर्षमा एक रुपैयाँपनि राहात पाएका छैनन् ।

तत्कालै राहत पाउने गरी निर्देशिका बनाउन पहल भैरहेका चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए ।

निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्ऽ अर्यालले पीडितहरुले राहतका लागि प्रकि्रया मिलाएर ल्याएपनि सबैले राहात रकम पाउने अवस्था नरहेको बताए ।

मानवीय क्षतीमा अधिकांशले राहत पाएपनि अन्यले नपाएको उनको भनाइ छ । राहात रकम नपाउँदा बन्यजन्तु र मानवका बीचमा द्वन्द्व बढ्ने देखिन्छ ।

आर्थिक वर्ष ०७४/७५ मा ८ जना वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाए भने २६ जना घाइते भए ।

निकुञ्जको तथ्यांकमा ५ वर्षको अवधिमा वन्यजन्तुको आक्रमणबाट ४० जनाले ज्यान गुमाएका छन् ।

आर्थिक वर्ष ०७४/७५ मा पीडितलाई दिनुपर्ने राहत तथा क्षती एक करोड १३ लाख ४८ हजार ११३ रुपैयाँ निकासा भएको छैन ।

वन्यजन्तु आक्रमणबाट मृत्यु भएमा मृतकको परिवारलाई १० लाख, सामान्य घाइते भएमा बढीमा उपचार खर्च २० हजार, गम्भीर घाइते भएमा बढीमा २ लाख रुपैयाँ राहत दिने गरिएको छ ।

यस्तै, पशुधनतर्फ वयस्क उमेरको पशुको मृत्यु भएमा ३० हजारसम्म, अन्य पशुको मृत्यु, भण्डारण गरेको अन्नको क्षती, एक मौसममा लगाएकोे बालीलाई एक पटक र वर्षमा दुई पटक नबढ्ने गरी १० हजार रुपैँया राहत रकम दिने व्यवस्था छ । तर, पशुधन क्षतिको कुनै रकम आएन निकुञ्जका सूचना अधिकारी अर्यालले भने ।

राहत लिन सम्बन्धित उपभोक्ता समितिमार्फत निवेदनसहित घटनास्थलको सर्जिमन मुचुल्का उठाइ उपचार खर्चका लागि बिल, पशु वा कृषि सेवासम्बन्धी प्राविधिकको मूल्यांकन गरेर निकुञ्जमा पेश गर्नुपर्दछ ।

निकुञ्ज कार्यालयले आवश्यक छानबिन गरेपछि क्षेत्रीय वन निर्देशनालय हुँदै मन्त्रालयमा पुर्‍याएपछि मात्रैं राहत रकम निकासा हुने प्रावधान छ ।

पीडितहरुका लागि यो निकै समस्या र झन्झटिलो बनेको छ । प्रकृया अति लामो र कसै न कसैको साथबिना अघि बढाउन नसकिने र प्रकृयामा नै पीडितको पैसा खर्च हुँदा पीडितले तत्कालै राहत पाउने अवस्था छैन । राहत तथा क्षती रकम बुझ्न कम्तीमा ३ महिना कुर्नपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment