+
+

हिरोइन बन्ने यूनिताको सपना

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १४ गते १२:२१

दुबइमा पहिलो पटक आयोजना भएको ‘मिस वर्ल्ड डाइभरसिटी’को ताज जित्न सफल नेपाली चेली यूनिता खत्री आफ्नो देशलाई विश्वमाझ परिचित गराउन पाएकोमा दंग छिन् । अनलाइनखबरको स्टूडियोमा ताज लगाएर आइपुगेकी यूनिता आफ्नो एउटा सपना पुरा भएको बताउँछिन् ।

यूनितासँग गरिएको कुराकानीको भिडियो यहाँ हेर्नुहोस्ः


विश्वभरका ५० देशका प्रतिस्पर्धीलाई उछिनेर ताज जित्नु सजिलो काम थिएन । तर, आफूले विश्वभरबाट आएका विभिन्न देशका प्रतिस्पर्धीहरुमाझ नेपाल विकासको बाटोमा रहेको देश भनेर चिनाउन पाएको उनले बताइन् । यूनिताले भनिन्-‘सुरुमा उहाँहरुमा नेपाल विकासोन्मुख देश भन्ने सोच रहेछ । तर, पछि मैले यो ताज जित्दा उहाँहरु अचम्मित हुनुभयो । नेपालबारे उहाँहरुको सोच त्यसपछि परिवर्तन भएको पाएँ ।’

आफूमा रहेको आत्मविश्वासले नै यो ताज जितेको यूनिताको भनाई छ । तर, यूनितालाई दुख पनि लागेको छ । यत्रो ताज जितेर देशको नाम विश्वमाझ चिनाएर आउँदा पनि मिडिया र सरकारले वेवास्ता गरेको उनले बताइन् । उनले भनिन्-‘भारतको प्रतिस्पर्धी फस्ट रनरअप हुनुभयो । उहाँलाई स्वागत गर्न मानिसहरु विमानस्थल पुगेका थिए । तर, म नेपाल आउँदा कसैले वास्ता नगरेको देख्दा अचम्म लाग्यो ।’

मिडियामा आफ्नै प्रचार आफै गर्नुपर्दा अचम्म लागेको बताउने यूनिता चलचित्र क्षेत्रमा लाग्ने सानैदेखिको सपना रहेको बताउँछिन् । उनले भनिन्-‘यो त एउटा खुड्किलो हो । म चलचित्रमा लाग्न चाहन्छु । यसका लागि चाहिने आत्मविश्वास ममा छ ।’

यूनिताले चलचित्र ‘रानी महल’मा काम पनि गरिसकेकी छिन् । अब, उनी दोश्रो चलचित्रमा भने नयाँ नायकसँग काम गर्न चाहन्छिन् ।

 

तस्बिरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?