Comments Add Comment

लिस्नु युवा क्लब सेमिफाइनलमा

१४ साउन, बुटवल । लिस्नु युवा क्लब रुपन्देहीको कोटिहवामा जारी १८ औं नकआउट फुटबल प्रतियोगिताकोे सेमिफाइनलमा प्रवेेश गरेको छ ।

पशुपति माविको मैदानमा सोमबार सम्पन्न खेलमा आयोजक लिस्नुले फर्साटिकर युवा क्लबलाइए २-० ले पराजित गरेको हो ।

लिस्नुको जितको लागि खेलको २० औं मिनेटमा बुद्धिमान राईले र ५१ औं मिनेटमा निशान्त सुब्बाले गोल गरे । म्यान अफ दि म्याच लिस्नुका बुद्धिमान राई भए ।

मंगलबारको दोस्रो क्वार्टरफाइनल खेल भैरव फुटबल क्लब, नवलपरासी र पश्चिम क्षेत्रीय तालिम केन्द्र बुटवलबीच हुने लिस्नु युवा क्लबका सचिव मनोज क्षत्रीले जानकारी दिए ।

साउन २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भारतको मुम्बइस्थित फुटबल क्लब दादर ११ सहित रुपन्देही, नवलपरासी, दाङ, स्याङजा र चितवनका गरी १६ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार र सेमिफाइनलमा पुग्ने दुई टिमले २५ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment