Comments Add Comment

श्रीमान्-श्रीमतीबीच झगडा: बच्चालाई पर्नसक्छ गम्भीर असर


हामी अक्सर देख्छौं धेरै श्रीमान्-श्रीमतीबीचमा झगडा भैरहन्छ र कहिलेकाही यस्तो झगडा पारिवारिक विखण्डनसम्मै पुग्नसक्छ । यस्तो अवस्थामा आमाबुबाबीच झगडा र मनमुटावले निर्दोष बच्चाको जीवनलाई कुन हदसम्म प्रभावित बनाउँछ भन्ने बारेमा ख्याल गरिँदैन ।

मनोवैज्ञानिकहरूका अनुसार परिवार र आमाबुबाको झगडाबीच निर्दोष र अवोध बच्चा पेलिने मात्रै होइन उनीहरूले धेरै दुःख झेल्छन् । यसले साना बच्चाबच्चीको मनोविज्ञानमा नकारात्मक असर पर्छ ।

हाम्रै समाजमा पनि धेरै यस्ता समस्या देख्न सकिन्छ जहाँ आमाबुबा बीच अदालतमा मुद्दा चलिरहेका कारण साना बच्चाहरूले धेरै कठिनाइ झेलेका छन् ।
आमाबुबा बीच हुने झगडाको असर सिधै बच्चामा पर्छ । सबैभन्दा धेरै नोक्सान बच्चाहरूको भविष्यमा पर्छ । अझै कैयौं पतिपत्नीले त झगडा गरेपछि बच्चाको नजरमा आफूलाई सही साबित गर्न अबोध बच्चाको दिमागमा एकअर्काका विरुद्धमा नराम्रो कुरा घुसाइदिन्छन् ।

झगडापछि आमाले बच्चासँग उनको बुबा नै बेठिक हुन् भनेर भन्न थाल्छिन् । ‘बुबा सधैँ झगडा गर्छन् । बुबासँग नबोल नभए उनले तिमीलाई नि पिट्छन्’ यस्ता कुरा गरेर बच्चाको मनमा पिताप्रति नकारात्मक धारणा पैदा गराइदिन्छन् ।

त्यस्तै बुबाले उनीहरूको आमाले नै लडाइ सुरु गरेकी हुन् भनेर आमालाई दोषी देखाइदिन्छन् । उनले आमा काम नलाग्ने छिन् भनेर भन्छन् । आमाबुबाको यस खालका कुराले बच्चामा आमाबुबा दुवैप्रति नकारात्मक मानसिकता पैदा हुन्छ ।  बच्चाहरूले आफूले दुनियाँकै सबैभन्दा राम्रो ठानेको आमाबुबाले नै किन एकअर्कालाई नराम्रो भनिरहेका छन् भन्ने बुझ्न सक्दैनन् ।

सम्बन्धविच्छेदपछि बच्चाहरू समस्यामा पर्छन्

आमाबुबाको सम्बन्धविच्छेदपछि सबैभन्दा धेरै चुनौतीको सामना साना निर्दोष बच्चाहरूले गर्नुपर्छ । कैयौं केसमा सम्बन्धविच्छेदको मुद्दामा पतिपत्नी दुवैले बच्चालाई आफूसँग राख्न खोज्छन् ।

दुवै पक्षले बच्चालाई आˆनो साथमा राख्न दिइयोस भनेर अदालतमा हारगुहार गर्छन् । बच्चा बुबाको साथमा रहन सक्दैनन् पालनपोषणमा राम्रोसँग हुँदैन भन्ने आमाको दाबी हुन्छ भने बुबाले बच्चाको राम्रो हेरविचार गर्न सक्ने जिकीर गर्दै आफैसँग राख्न पाउनपर्ने अडान राख्छन् ।

कैयौं पटक त अदालतले पालैपालो गरी दुवैको साथमा बच्चा रहने फैसला सुनाउँछन् । यस्तोमा बच्चाले आमाबुबा दुवैसँग भेटिरहन्छन् तर उनीहरूले आमाबुबाको साँचो प्रेम एकैसाथ पाउन सक्दैनन् ।
आमाले आफूलाई राम्रो साबित गर्ने चक्करमा बच्चालाई नयाँनयाँ खेलौना र कपडा दिन्छिन् भने बुबाले पनि महंगो चीज दिएर बच्चाको नजरमा राम्रो बन्ने कोसिस गर्छन् ।
आ-आˆनो घमण्डमा डुबेका आमाबुबाले बच्चालाई असली खुसी आमाबुबा दुवै सँगै रहेमा पाउँछन् भन्ने बुझ्दैनन् । अलगअलग रहेर दुवैसँग भेट्ने र महंगा उपहारले बच्चालाई खुसी मिल्न सक्दैन ।

परिवारको झगडाले तनावमा हुन्छन् बच्चा

संयुक्त परिवारका झगडामा पनि बच्चा नै सबैभन्दा धेरै पीडित हुन्छन् । उनीहरूले आमाबुबालाई काकाकाकी वा हजुरबुबाहजुरआमासँग झगडा गरेको र प्रहरीमा मुद्दामामिला गरेको देख्छन् ।

परिवारका सबै सदस्य पहिले सँगै बस्थे तर आजकाल किन आपसमा लडिरहेका छन् भन्ने उनीहरुले बुझ्न सक्दैनन् ? कुन कुरालाई लिएर घरका मानिसहरु एकअर्काका दुश्मन बनिरहेका छन् भन्ने उनीहरूले बुझ्न खोज्छन् र यसले उनीहरूलाई तनाव दिन्छ ।

यस्ता खालका मामिलाहरूबाट ठूला मानिसहररू झगडा र केस गरेर आआफूले जित्ने प्रयासमा हुन्छन् तर, अवोध बच्चाहरूको मनमा सधैँको लागि गहिरो छाप छोड्छन् र उनीहरूलाई रिसाहा बनाइदिन्छन् ।

बुबा जेल गएमा निराश हुन्छन् बच्चाहरू

अदालत परिसरमा प्रहरी, कैदी, अपराधी, वकिलहरूको भीडमा कहिलेकाही महिलाहरू र उनीहरूको साथमा आएका बच्चाहरू देख्न सकिन्छ ।
कहिलेकाही जघन्य अपराध गरेमा प्रहरीले बुबालाई हत्कडी लगाएर लगेको बच्चाहरूले देख्न सक्छन् । बच्चाहरूले आफ्नो बुबाको हातमा लगाइएको हत्कडी देखेमा उनीहरुलाई डर लाग्नसक्छ । यस्तोमा उनीहरूले कहिले प्रहरी त कहिले आफ्नी आमाको अनुहारलाई टुलुटुलु हेर्छन् ।

बुबालाई हत्कडी लगाइएको देखेर अवोध बच्चाहरूको दिमागमा के कुरा खेल्छ होला भन्ने अनुमान लगाउन मुस्किल छ । १०-१२ वर्षसम्मको बच्चाहरूलाई त बुबाले के अपराध गरे र हत्कडी लगाइयो भन्ने पनि थाहा हुँदैन ।

यस्तोमा आमा रोएमा बच्चा पनि रुन थाल्छन् र सबैभन्दा कठिन स्थितिमा आमा हुन्छिन् जब उनको अबोध बच्चाले बुबा किन घरमा सँगै बस्दैनन् भनेर सोध्छन् । बच्चाले ‘बुबालाई प्रहरीले किन हत्कडी लगाएका ?’ ‘बुबा घर कहिले आउनेछन् ?’ ‘बुबालाई जेलमा किन राखियो ?’ भनेर सोध्ने प्रश्नको आमासँग कुनै उत्तर नै हुँदैन ।

आमाबुबा बीचको झगडाले बच्चामा पर्न सक्ने असर

आमाबुबा बीचको झगडाले बाल मनोविज्ञानमा नकारात्मक असर पर्छ । घरमा सधैँ झगडा हुन थालेमा बच्चामा यस्तो असर पर्न सक्छः

१. बच्चा चुपचाप बसेर टोलाउने हुन्छन्, कसैसँग बोल्दैनन् र अरूसँग भेटघाट पनि गर्न चाहँदैनन् ।

२.उनीहरूलाई निद्रा नलाग्ने समस्या हुन्छ । सुतेको समयमा उनीहरूको दिमागमा आˆनो आमाबुबाको झगडालु अनुहार आउँछ ।

३. कतिपय बच्चाहरू लागुपदार्थको कुलतमा फस्छन् ।

४. बच्चाहरू झगडालु र रिसाहा हन्छन् ।

५. घरमा झैझगडा भइरहँदा बच्चाहरूको पढाइमा नराम्रो असर पर्छ ।

६. धेरै बच्चाहरू डिप्रेशनको शिकार हुन्छन् ।

७ .उनीहरूको मानसिक विकाससमेत रोकिनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment