Comments Add Comment

धिरज र साम्राज्ञीको केमेष्ट्री कति रुचाइयो ?


कोरियोग्राफरबाट निर्देशक बनेकी रेनशा वान्तवा राइलाई डेढ बर्ष लामो मिहिनेतको नजिता कस्तो आउने हो भन्ने डर मनमा लाग्न थालेको छ । असोज ५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को व्यापार उनका लागि विशेष महत्वपूर्ण छ ।

रेनशा यसपटक आफूले धेरै कुरामा जोखिम मोलेको बताउँछिन् । तर, सार्वजनिक भएको चलचित्रको पहिलो गीत ‘उडायो हावाले’बाट पाएको प्रतिक्रियाले भने उनी खुशी छिन् । रेनशा भन्छिन्-‘नयाँ युटुब च्यानलबाट गीत सार्वजनिक गर्दा धेरैले मलाई किन यसो गरेको समेत भनेका थिए । तर, मैले चुनौती मोलेकै हो र सफल पनि भएको छु ।’

सार्वजनिक भएको केही दिनमै गीतको भ्यूज १० लाख पुगेको र नेपालको ट्रेन्डिङमा पनि राम्रो स्थानमा रहेको भन्दै रेनशाले खुशी व्यक्त गरिन् । दर्शकले दिएको प्रतिक्रियाबाट आफू झनै उत्साहित भएको उनले सुनाइन् ।

नव-नायक धिरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडीलाई रेनशाले पहिलो पटक पर्दामा उतारेकी छिन् । यो गीतमा आफूले धिरज र साम्राज्ञीको केमेष्ट्रीलाई बढी ध्यान दिएको रेनशा बताउँछिन् ।

साम्राज्ञीलाई कुर्ता सुरुवालमा प्रस्तुत गरेकी रेनशा चलचित्रमा उनको २ प्रकारको भूमिका हेर्न सकिने बताउँछिन् । साम्राज्ञीलाई दर्शकले बोल्ड र सफ्ट दुबै भूमिकामा हेर्न पाउने रेनशाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment