+
+

गुल्मीमा ८० प्रतिशत धान रोपाइँ

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १६ गते १४:०९

१६ साउन, गुल्मी । साउन दोस्रो साता बितिसक्दा गुल्मीमा ८० प्रतिशत धान रोपाइँ सकिएको छ ।

गत वर्ष भन्दा यसवर्ष समयमै पानी नपरेकाले धान रोपाइँ केही ढिलो भएको जिल्ला कृषि बिकास कार्यालय गुल्मीका बरिष्ठ कृषि बिकास अधिकृत चक्रपाणी पन्थीले बताए ।

साउनको पहिलो साता नै गुल्मीमा धेरै जसो भुभागमा रोपाइँ हुने गरेतापनि यस वर्ष केही ढिलाइ भएको जिल्ला कृषि बिकास कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार किसानहरुले समयमै धानको ब्याड राखेको भएपनि असारको दोस्रो साता अगाडि वर्षा नभएकाले रोपाइँ ढिलाइ भएको पन्थीले बताए ।

अझैपनि २० प्रतिशत किसानहरु आकाशे पानीको भरमा रोपाई गर्नेहरु धेरै पानीको प्रतिक्षामा छन् ।

जिल्लामा धान रोप्न योग्य १० हजार हेक्टर क्षेत्रफल जमिन मध्ये नौ हजार क्षेत्रफलमा वर्षे धान उत्पादन हुने गर्दछ भने एक हजार हेक्टर क्षेत्रफलमा चैते धान उत्पादन हुने गर्दछ ।

केही खेतमा चैते धानसहित मकै बालीसमेत लगाउने गर्दछन् । धान उत्पादनको पकेट क्षेत्र मानिएको इस्मा गाउँपालिका अम्मरपुर र मालिका गाउँपालिका अर्जेबेसी, सत्यवति र चन्द्रकोट गाउँपालिकाका ठुला फाँटलाई चिनिन्छ ।

अहिले गुल्मीमा खुमलटार, मार्सी, काठेचिन्ह्र, हर्मसराज, खुमल आठ, मन्सुरी, मनसरा, रामधान लगायत करिव एक दर्जन जातका धान उत्पादन हुने गर्दछ । यस वर्ष साउन महिनाभर सवै ठाउँमा रोपाइँ सकिने अनुमान गरिएको छ ।

जिल्लाका धेरै चैते धान हुने खेतहरु सडकका कारण अहिले बाँझो नै छन् । करिब पाँच सय रोपनी खेतमा सडकका कारण चैते रोपाइँ हुँदैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?