Comments Add Comment

पश्चिमाञ्चलमा ९४ प्रतिशत रोपाइँ सकियो

रुपन्देहीमा शतप्रतिशत, कास्कीमा ९९ प्रतिशत रोपाइँ

१७ साउन, पोखरा । पश्चिमाञ्चल क्षेत्रमा हालसम्म करिब ९४ प्रतिशत रोपाइँ सकिएको छ ।

पश्चिमाञ्चलमा कुल खेतीयोग्य जमिन तीन लाख १५ हजार ४३८ हेक्टर क्षेत्रफल रहेकोमा हालसम्म ९३.८९ प्रतिशत अर्थात २ लाख ९६ हजार १ सय ५० हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको पश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ ।

क्षेत्री कृषि निर्देशनालयका अनुसार नवलपरासीमा मात्र शतप्रतिशत रोपाइँ भएको छ । त्यहाँ रोपाइँ गर्न योग्य सबै जग्गा अर्थात एक सय प्रतिशत नै रोपाइँ भएको हो । कास्कीमा भने ९९ प्रतिशत रोपाइँ सकिएको छ ।

त्यस्तै, स्याङ्जामा ९८ प्रतिशत, रुपन्देहीमा ९७ प्रतिशत, पाल्पा र लमजुङमा ९५/९५ प्रतिशत, तनहुँ र म्याग्दीमा ९२/९२ प्रतिशत रोपाइँ सकिएको छ ।

यसैगरी पर्वत, अर्घाखाँची र कपिलवस्तुमा ९०/९० प्रतिशत, बागलुङमा ८५ प्रतिशत, गोरखामा ८२ प्रतिशत र गुल्मीमा ८० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।
पश्चिमाञ्चल क्षेत्रमा पर्ने हिमाल पारिको जिल्ला मनाङ र मुस्ताङमा भने धानबाली लगाईंदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment