Comments Add Comment

आर्यन-साम्राज्ञीको ‘कायरा’ रिलिज


आजबाट देशभरका हलमा प्रतिक्षित चलचित्र ‘कायरा’ रिलिज भएको छ । नायक आर्यन सिग्देल केही समयपछि पर्दामा देखिन लागेकाले पनि यसको व्यापारमा धेरैले चासो देखाएका छन् ।

स्टारडम कमजोर बनेको आरोप खेपिरहेका आर्यनका लागि यो चलचित्र चल्न जरुरी छ । यस्तै, अहिलेकी चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक आर्यन सिग्देलको रोमान्स चलचित्रमा हेर्न पाइनेछ ।

लक्ष्मण रिजालको निर्देशनमा तयार भएको यो चलचित्रले लभ स्टोरी कथालाई उठान गरेको छ । प्रेममा विछोड भएपछि फिलिपिन्स पुगेका यूवाको प्रेमकथामा चलचित्र बनेको छ ।

नायक आर्यन सिग्देल आफैले निर्माण गरेकाले पनि यो चलचित्र उनका लागि व्यापारिक रुपमा पनि सफल हुन आवश्यक छ ।
यस्तै, आजबाट नै चलचित्र ‘झमकबहादुर’ पनि रिलिज भएको छ । भोमन कटुवालले निर्देशन गरेको कमेडी जनराको यो चलचित्रमा अनुप विक्रम शाही मुख्य भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment