Comments Add Comment

नवयुवा लिस्नु कपको फाइनलमा

१८ साउन, बुटवल । नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार ठुटिपिपल रुपन्देहीको कोटिहवामा जारी १८ औं लिस्नुकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पशुपति माविको मैदानमा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा आयोजक लिस्नु युवा क्लब कोटिहवा रुपन्देहीलाई २-१ गोल अन्तरले पाखा लगाउंदै नवयुवाले फाइनलमा स्थान पक्का गरेको हो ।

नवयुवाको जितका लागि खेलको छैठौं मिनेटमा अजित गुरुङले र २८ औं मिनेटमा विदेशी खेलाडी स्टेफिनले एक-एक गोलको योगदान गरे । लिस्नुका तर्फबाट दोस्रो हाफको २८औं मिनेटमा निशान लिम्बुले एक गोल फर्काएका थिए ।

खेलमा लिस्नुका गोलकिपर सागर रोका म्यान अफ द म्याच भए । शनिबारको अन्तिम सेमिफाइनल खेल डिवाईसी सियारी-१ र पश्चिम क्षेत्रीय प्रहरी तामिम केन्द्र बुटवलबीच हुने आयोजक लिस्नु युवा क्लबका सचिव मनोज क्षेत्रीले जानकारी दिए ।

साउन २१ गतेसम्म फाइनल हुने प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले एक लाख ५० हजार र सेमिफाइनलमा पुग्ने दुई टिमले २५ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment