+
+

सडकको फोहर नगरपालिका कार्यालयमा थुपारियो

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १९ गते १६:३४

१९ असार, लहान । सिरहाको लहान नगरपालिका राजमार्ग क्षेत्रको फोहर उठाएर नेपाल विद्यार्थी संघ (नेविसंघ) र तरुण दलका कार्यकर्ताले नगरपालिकाको कार्यालय परिसरमा थुपारेका छन् ।

लहान नगरपालिकाले सरसफाइ नगरेको भन्दै सोको विरोधमा नेविसंघ र तरूण दलका नेता कार्यकर्ताहरुले सडकको फोहर नगरपालिका कार्यालय परिसरमा थुपारेका हुन् । राजमार्ग क्षेत्रबाट संकलन गरिएको दुई ट्र्याक्टर फोहर नगरपालिकाको मुख्यद्वार र परिसरमा थुपारे विरोध जनाएको नेविसंघका केन्द्रीय सदस्य अशोक चौधरीले जानकारी दिए ।

नगरपालिकाले सरसफाइ कर लिने तर फोहर नउठाउने गरेकाले त्यसको विरोधस्वरुप फोहर उठाएर नगरपालिकामा थुपारेको केन्द्रीय सदस्य चौधरीले बताए ।

विगत दुई सातादेखि सडक खाली गराउने बहानामा फोहर नउठाएर नगरपालिका कार्यालयले नगरवासीको स्वास्थ्यसँग खेलबाड गरेको नेविसंघले आरोप लगाएको छ ।

राजमार्ग क्षेत्र खाली गराउने विषयमा सडक विभागसँग भएको आन्तरिक विवादका कारण लहान नगरपालिकाले विगत १८ दिनदेखि राजमार्ग क्षेत्रको फोहर नउठेपछि जताततै फोहोर थुप्रिएर राजमार्ग क्षेत्र कुरुप बनेको स्थानीयवासीको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?