+
+

थारु-नेपाली-अंग्रेजी शब्दकोश सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते ७:३१

१३ जेठ, काठमाडौं । थारू-नेपाली-अंग्रेजी शब्दकोश सार्वजनिक भएको छ । शब्दकोशको प्रतिनिधि सभा सदस्य तथा नाइटिङ्गेल कलेजका सञ्चालक तेजुलाल चौधरीले एक कार्यक्रमबीच लोकार्पण गरेका हुन् ।

रमानन्दप्रसाद सिंह र सर्वस्वलाल चौधरीद्वारा लिखित उक्त शब्दकोशको प्रकाशन रामलगन चौधरी (थारू) ले गरेका हुन् ।  ७१६ पृष्ठको सो शब्दकोशमा पूर्वीया थारू भाषालाई केन्द्रमा राखेर तयार गरिएको छ । लेखकद्वय चौधरीहरुको निधन भइसकेको छ ।

लेखक रमानन्द वि.सं. १९८६ कात्तिक २६ गते जन्मेर उनको २०६५ वैशाख २५ गते निधन भएको थियो । यस्स्तै, लेखक सर्वस्वको जन्म २००५ मा भएको थियो । उनको निधन २०६७ भाद्र १५ गते भएको थियो ।

शब्दकोशमा रामलगन चौधरी, हरिप्रसाद चौधरी, महेशकुमार चौधरी र सूर्यकुमारी जोशी (थारू)ले  सम्पादन गरेका छन् ।

सांसद चौधरीले थारू भाषा उत्थान र संरक्षणमा शब्दकोशले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे । लोकसेवामा मातृभाषाबाट परीक्षा नलिंदा आदिवासी समुदाय मारमा परेको चर्चा गर्दै उनले मातृभाषामा परीक्षा लिने व्यवस्था आवश्यक रहेको उनको सुझाव थियो । थारू समुदायको जनसंख्या चौथो ठूलो भए पनि राज्यको संयन्त्रमा प्रतिनिधित्व त्यसअनुसार नभएको उनले बताए ।

त्रिभुवन विश्वविद्यालय भाषा विज्ञान विभागका प्रमुख डा. बलराम प्रसाईंले आफूले शब्दकोशका लागि सामान्य प्राविधिक सहयोग मात्र गरेको बताए । शब्दकोश निर्माणले थारू भाषा साहित्य उत्थानमा भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे ।

डा. केशवमान शाक्यले थारू भाषा साहित्यको श्रीवृद्धिमा शब्दकोषले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । थारू र शाक्यको पूर्खा एउटै भएको चर्चा गर्दै उनले मातृभाषा उत्थानका लागि राज्यले लगानी बढाउनुपर्ने बताए ।

बौद्ध जागरण सिंह विहार प्रसवनी सप्तरीका अध्यक्ष रामलगन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धसेन चौधरी, कृष्णबहादुर चौधरी (कपिलवस्तु), अधिवक्ता नागेन्द्र चौधरीलगायतले धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?