
१८ असार, काठमाडौं । भारतको अडियो वेयरेबल ब्रान्ड ‘बोट’ ले नेपालमा आफ्नो आगमनको औपचारिक घोषणा गरेको छ ।
नेपालमा पहिले नै बलियो उपस्थिति जनाइसकेको बोटले ‘निर्भाना’ सिरिजको आधिकारिक सार्वजनिक मार्फत आफ्नो उपस्थिति औपचारिक बनाएको हो ।
उच्च प्रदर्शन क्षमतायुक्त एएनसी (एक्टिभ न्वाइज क्यान्सेलेसन) युक्त इयरफोन र इयरबड्स समावेश गरिएको प्रिमियम निर्भाना सिरिज अब नेपालभरिका प्रमुख अनलाइन तथा अफलाइन खुद्रा प्लेटफर्महरूमा उपलब्ध हुनेछ ।
बोटले अडियो वेयरेबल क्षेत्रमा आफ्नो प्रभुत्व जमाउँदै आएको छ र नेपाल प्रवेश गरेको केही वर्षमै यो वर्गका शीर्ष तीन ब्रान्डमध्ये एकका रूपमा स्थापित भइसकेको छ, जसले नेपाली उपभोक्तामाझ यसको गहिरो रुचि र विश्वास प्रमाणित गर्दछ ।
बोटलाई राष्ट्रिय रूपमा टेलिटक प्रालि (रमेश कर्प अन्तर्गतको संस्था)ले वितरण गर्दै आएको छ । बोट छोटो समयमा नै नेपालका प्रविधिमैत्री र युवापुस्ताको रोजाइको ब्रान्ड बन्न सफल भएको छ । जसले अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र सुलभ मूल्यको संयोजन प्रस्तुत गर्दछ ।
टेलिटकले नेपालमा दूरसञ्चार र उपभोक्ता इलेक्ट्रोनिक्सको द्रुत रूपान्तरण भइरहेको परिवेशमा काम गर्दै आएको छ । बलियो वितरण सञ्जाल र विश्वव्यापी साझेदारीका माध्यमबाट कम्पनीले नेपाली उपभोक्तालाई नवप्रवर्तनयुक्त प्रविधि उत्पादन प्रदान गरिरहेको छ ।
‘नेपाल सधैं हाम्रा लागि विशेष स्थानमा रहँदै आएको छ र हामी यस जीवन्त र विकासोन्मुख बजारमा आफ्नो औपचारिक उपस्थिति जनाउन पाउँदा अत्यन्त हर्षित छौं । नेपाली उपभोक्ताबाट पाएको प्रतिक्रिया अत्यन्त उत्साहजनक छ र हामी हाम्रो ब्रान्डमा राखिएको विश्वासप्रति आभारी छौं,’ बोटका सहसंस्थापक तथा प्रमुख मार्केटिङ अधिकृत अमन गुप्ताले भने, ‘हाम्रो प्रिमियम निर्भाना सिरिजको सुरुवातसँगै हामी आजको जीवनशैली अनुसारको आवश्यकता सम्बोधन गर्ने उच्च गुणस्तरीय र डिजाइनमुखी अडियो अनुभव प्रदान गर्ने प्रतिबद्धता दोहोर्याउँछौं ।’
टेलिटकका कार्यकारी निर्देशक प्रतीक जलानले ‘यस औपचारिक घोषणासँगै बोटले नेपालमा आफ्नो प्रतिबद्धता दोब्बर बनाउने तयारी गरेको बताए ।
‘जस अनुसार ब्रान्डले थप जीवनशैली–केन्द्रित अडियो तथा वेयरेबल उत्पादनहरू नेपाली बजारमा ल्याउने छ र आफ्नो तीव्र रूपमा वृद्धि भइरहेको फ्यानबेससँगको सम्बन्धलाई अझ गहिरो बनाउने छ,’ जलानले भने ।
भारतमा दर्ता गरिएको इम्याजिन मार्केटिङ लिमिटेड (आईएमएल) ले बोट ब्रान्ड अन्तर्गत अडियो, वेयरेबल्स र चार्जिङ समाधान सहित उत्पादन पोर्टफोलियो प्रदान गर्दछ ।
प्रतिक्रिया 4