Comments Add Comment

निशानका ‘हत्यारा’ चमेलीको खाजाघरका नियमित ग्राहक थिए

२१ साउन, काठमाडौं । काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको हत्या भएको खुलेको छ । उनलाई अपहरणपछि हत्या गरेर भाग्दै गरेका दुई जना सूर्यविनायकको पाइलटबाबा जंगलमा प्रहरी इन्काउन्टरमा मारिएका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार मारिनेमा अजय तामाङ र गोपाल तामाङ छन् ।

हत्या भएका बालक निशानकी आमा चमेली काँडाघारीमा खाजा पसल चलाउँथिन् । सिन्धुपाल्चोक, ज्यामिरे घर भएका उनका श्रीमान गणेश खड्का रोजगारीको सिलसिलामा मलेसियामा छन् । निशान कक्षा ६ मा अध्ययनरत थिए ।

निशान आइतबार अपराहृन अपहरणमा परेका थिए । चमेलीका अनुसार स्कुलबाट आएपछि निशान गोपालसँगै मोबाइल किन्न गएका थिए । पेन्टिङको काम गर्ने उनी पछिल्ला केही वर्षदेखि चमेलीको पसलमा खाना तथा खाना खाने गर्थे ।

आइतबार पनि उनी वियर खाएर निस्किएका थिए । मोबाइल पसलमा छाडेर हिँडेका निशान अबरसम्म नभेटिएपछि सोधीखोजी सुरु भयो । राति ९ बजेतिर आफूलाई फोन आएको र ४० लाख रुपैयाँ फिरौती मागेको चमेलीले जानकारी दिएकी छन् ।

उनीहरले प्रहरीलाई खबर गरे । प्रहरीले तत्काल खोजी थाल्यो तर, निशान भेटिएनन् ।

सोमबार मध्याहृनतिर ठिमी नगरपालिका ९ स्थित एक निर्माणधीन घरमा निशानको शव भेटिएको छ ।

घरको जगमा उठाइएको वालसँगै रहेको हिलाम्मे खाल्डोमा मृत भेटिएका बालकको मुखमा कपडा कोचिएको थियो भने खुट्टा सेतो टेपले बाँधिएको थियो । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार बालकको राति नै हत्या गरिएको आशंका गरिएको छ ।

अपहरणकारी पाइलट बाबा जंगलतर्फ भागेको सूचनाका आधारमा गएको प्रहरीसँग मुठभेड हुँदा नुवाकोटका गोपाल र सिन्धुपाल्चोकका अजय तामाङ मारिएका छन् ।

गोपाल चमेलीको खाजा घरमा नियमित आउँथे र खाना तथा खाजा खाने गरेका थिए । तर, जसलाई उनले वर्षौ खाना खुवाइन्, उनले नै निशानको ज्यान लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment