Comments Add Comment

भक्तपुर इन्काउन्टरबारे सांसद अधिकारीको प्रश्न : प्रहरीलाई यस्तो छुट दिएको हो ?

२३ साउन, काठमाडौं । राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले काँडाघारीका बालक निशान खड्काको हत्यामा कसको दोष हो भनी सरकारलाई प्रश्न गरेका छन् ।

राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै उनले बालकको हत्या हुनुमा अपहरणकारीको मात्रै दोष हो वा सरकारी संयन्त्रकै दोष हो भनी प्रश्न गरेका हुन् ।

‘बालकको हत्या हुनुमा कसको दोष हो ? जसले मारेको हो उसको दोष त हुँदै हो । अपराधकर्ममा लागेकाहरुको अतिरिक्त रेस्क्यु गर्न नसक्ने सरकारको दोष हो कि होइन ?’ उनले भने ।

प्रहरीका पूर्व उच्च अधिकृतहरुले नै समयमा बालकको उद्दार गर्न नसक्नुमा सरकारी संयन्त्रकै दोष रहेको बताएको भन्दै उनले समयमा प्रहरीले सुझबुझले काम गरेको भए बालकको हत्या नहुनेतर्फ ख्याल नगरिएको पनि बताए ।

यो घटनामा अपहरणकारीको इन्काउन्टर भनिए पनि नियन्त्रणमा लिएर हत्या गरेको समाचारहरु आइरहेको भन्दै अधिकारीले यस विषयमा सरकारले जवाफ दिनुपर्ने बताए । ‘यो घटनामा अर्को पाटो पनि छ । मानव अधिकारको अत्यन्तै दुखद पाटो ।

दुई जना मारेको भनिएका व्यक्तिहरुलाई सबैको आँखा अगाडि, छिमेकीको आँखा अगाडि पक्राउ गरेर लगेको देखिछ । नियन्त्रणमा लिएको देखिन्छ । पछि मारिएको छ र इन्काउन्टर भनिएको छ । यी सबै घटनाले हामी कता जाँदैछौं ? हामी एउटा दक्षिण पूर्वी एसियाली मुलुकजस्तै बन्न खोजेको हो ? यस किसिमको छुट दिएको हो ?’

उनले यी सबै विषयमा गृहमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

सांसद अधिकारीले कञ्चनपुरमा किशोरीको बलात्कारपछि हत्या भएको भनिएको घटनामा पनि गृहमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

‘कञ्चनपुरको जे जस्तो घटना भएको छ, त्यसमा सरकारको दृष्टिकोण के हो जानकारी हुनुपर्छ कि पर्दैन ? यत्रो दिन भइसक्यो यहाँ आएर गृहमन्त्रीबाट हामीले अपेक्षा गरेका छौं । त्यो हामीले पूरा गरेको देखेनौं’ उनले भने ‘कञ्चनपुरका लागि सरकार छ कि छैन ?’

मानव अधिकारकर्मी भन्छन्- ‘इन्काउन्टरका नाममा गैरन्यायिक हत्या गर्ने प्रहरीमाथि कारवाही हुनुपर्छ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment